कोभिड सङ्क्रमण नियन्त्रणलाई करोडको कोष « Khabarhub

कोभिड सङ्क्रमण नियन्त्रणलाई करोडको कोष


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– कोरोनाको सङ्क्रमण रोकथाम र न्युनिकरणका लागि धुलिखेल नगरपालिकाले एक करोडको कोष स्थापना गरेको छ ।

नगरपालिकाले सम्भावित सङ्क्रमण नियन्त्रणका लागि एक करोडको कोष व्यवस्थापन गरी कोभिड–१९ का बिरामीलाई आवश्यक पर्ने निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

हाल सङ्क्रमितमा कडा र गम्भिर प्रकारका लक्षण देखिएकोले सचेत रहन र कसैलाई कोभिड १९ का लक्षण देखिएमा वडा वा नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ ।

वडा ३, ४, ५, ६ र ७ मा कोरोना भाइरस सङ्क्रमण अत्यधिक देखापरेकोले सचेत रहन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न, अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

नगरपालिका क्षेत्रभित्र सरकारको मापदण्ड बमोजिम भिडभाड र ठूला जमघट नगर्न र त्यस्ता कार्यमा सहभागी नहुन आग्रह गरिएको नगरप्रमुख अशोककुमार व्याञ्जुले जानकारी दिए । नगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा अनावश्यक घुमफिर, भेला तथा भोज जस्त कार्य नगर्न आग्रह गरेको छ ।

यसैबीच पनौती नगरपालिकाले वडा नं. १० मा कोरोनाको सङ्क्रमित बढी देखिएको भन्दै थप फैलन नदिन कन्टयाक्ट ट्रेसिङको काम भइरहेको हुँदा सो कार्य सम्पन्न नभएसम्मको लागि पूर्वमा पनौती विद्युत गृहको पुल, पश्चिममा किटनी फट्केश्वर रोशी खोला पुल, उत्तरमा कृषि सेवा केन्द्रसँगैको गोगुनाल खोल्सा र दक्षिणमा कपुरपानिडोल क्षेत्र शिल गरिएको जनाएको छ ।

वैशाख १४ र १५ गतेसो क्षेत्रमा २७ जनामा सङ्क्रमण देखिएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ३ : ५० बजे

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना