सीमानाकामा हुने आवतजावतले सङ्क्रमणको जोखिम बढ्दै « Khabarhub

सीमानाकामा हुने आवतजावतले सङ्क्रमणको जोखिम बढ्दै


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि सिरहा जिल्ला पनि यसको उच्च जोखिममा परेको छ ।

भारतीय सीमा क्षेत्रबाट निर्वाध रुपमा आवतजावत भइरहेका कारण सिरहामा पनि कोरोना सङ्क्रमण फैलिन सक्ने जोखिम बढेको स्थानीयवासीहरु बताउँछन् । ‘‘भारतीय बजार जाने आउने क्रम चल्दै छ”, लहान नगरपालिका–७ का वडाध्यक्ष राकेश रोशन गुप्ताले भने, ‘‘सीमाक्षेत्रमा हुने आवागमन नरोकिदाँ कोरोना सङ्क्रमणको जोखिम अत्यधिक बढेको छ ।” जोखिम बढ्दै गएपनि सो अनुसारको सुरक्षा साबधानी अपनाइएको देखिदैन्, उनले भने ।

‘‘भारतको बिहारमा समेत कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिरहेको छ”, लहानका स्थानीयवासी सत्यनारायण चौधरीले भने, ‘‘छिमेकी जिल्लामा कोरोना फैलिरहेपनि सिरहामा स्वास्थ्य सुरक्षा साबधानी अपनाइएको देखिदैन्, फलस्वरुप कुनै पनि बेला कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिन सक्ने भएकाले नेपाल भारत सीमाक्षेत्रमा हुने आवागमनलाई तत्काल रोक्नुपर्छ ।”

एकातिर सीमासँग जोडिएका भारतको बिहार राज्यका विभिन्न स्थानमा कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिरहेकाले तत्काल भारतीय सीमा नाकाहरु बन्द गर्नुपर्ने आवाज उठेपनि कार्यान्वयन नहुदाँ अझै सर्वसाधारण वारिपारि गरिरहेका छन् । भारतको विभिन्न शहरमा काम गरी नेपाल फर्किने क्रम पनि अझै रोकिएको छैन् । खुल्ला सीमानाका कारण मुख्य नाकासँगै अन्य विभिन्न चोर बाटो भएर सर्वसाधारण नेपाल भित्रिने गरेका छन् । तीमध्ये अधिकांशले सिधैं परिवार तथा आफन्तजनको सम्पर्कमा पुग्ने गरेका कारण कोरोना भाइस सङ्क्रमण उच्च दरमा फैलिने सम्भावना प्रबल रहेको छ ।

सिरहा बरियारपट्टीका स्थानीयवासी मुकेश यादवले भने, ‘‘सरकारले एकातिर सीमानाका बन्द गर्ने बताइरहेको छ भने अर्कोतिर भारतीय बजार जाने र आउने क्रम बढेकाले जोखिम बढेको छ ।”

खुल्ला सीमानाकाका कारण हुलका हुल मानिसहरु सीमावर्ती भारतीय बजार लदनियाँमा जाने आउने गरिरहेकाले सङ्क्रमणको जोखिम बढ्को तर स्थानीय तहबाट त्यसलाई रोक्ने प्रयास नभएको स्थानीयवासीहरुको गुनासो छ । यसका साथै दैनिक लाग्ने हाटबजारमा पनि सर्वसाधारणको चहल पहल ह्वातै बढेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले जिल्लामा कोरोना सङ्क्रमण फैलिन नदिन सुरक्षा सतर्कता बढाइएको बताए । सिरहा प्रबेश गर्ने नाकाहरुमा सुरक्षा निगरानी बढाउनुका साथै सीमानाकामा हेल्थ डेस्क राखिएको उनले जानकारी दिए । उनले भने, ‘‘सीमा नाकामा हुने आवतजावतमा कडाइ गरेका छौं, हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गरेर मात्र जान दिएका छौं, अब लुकीछिपी चोर बाटो भएर आइरहेको छ भन्ने त्यसलाई पनि रोक्ने प्रयास गर्छौ ।” विश्व समुदाय नै कोरोनाको महामारीसँग जुधिरहेकाले यसप्रति सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  १० : १६ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा