स्वास्थ्य मन्त्रालय भन्छ : अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भयो « Khabarhub

स्वास्थ्य मन्त्रालय भन्छ : अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भयो


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले केही जिल्लाहरूमा स्वास्थ्य प्रणालीले नै थेक्न नसक्ने गरी कोरोना संक्रमण फैलिरहेकाले अस्पतालका बेड उपलब्ध गराउन नसकिने अवस्था आएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज एक अपिल जारी गर्दै संक्रमण तीव्र रुपमा बढ्दै गएकाले अस्पतालमा राखेर हेरचाह गर्न बेड उपलब्ध गराउन नसकिने भई सकेको जनाएका हुन् ।

मन्त्रालयले काठमाडौँ उपत्यकाका तीनसहित २२ जिल्लामा तीव्र गतिमा संक्रमण फैलिरहेकाले संवेदनशील हुन सर्वसाधारणलाई अपिल गरेको छ ।

अस्पतालमा हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भईसकेको जनाउँदै मन्त्रालयले सबैलाई स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ लागू गर्न भनेको छ ।

त्यस्तै कुनै पनि मार्गबाट देश, विदेश जाने–आउने वा आन्तरिक–बाह्य पर्यटनमा कहिकतै जाने, भीडभाड गर्ने काम पनि बन्द गर्न मन्त्रालयले आग्रह गरेको छ ।

यस्तो छ अपिल

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ३ : ५३ बजे

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ