स्वास्थ्य मन्त्रालय भन्छ : अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भयो « Khabarhub

स्वास्थ्य मन्त्रालय भन्छ : अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भयो


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले केही जिल्लाहरूमा स्वास्थ्य प्रणालीले नै थेक्न नसक्ने गरी कोरोना संक्रमण फैलिरहेकाले अस्पतालका बेड उपलब्ध गराउन नसकिने अवस्था आएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज एक अपिल जारी गर्दै संक्रमण तीव्र रुपमा बढ्दै गएकाले अस्पतालमा राखेर हेरचाह गर्न बेड उपलब्ध गराउन नसकिने भई सकेको जनाएका हुन् ।

मन्त्रालयले काठमाडौँ उपत्यकाका तीनसहित २२ जिल्लामा तीव्र गतिमा संक्रमण फैलिरहेकाले संवेदनशील हुन सर्वसाधारणलाई अपिल गरेको छ ।

अस्पतालमा हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भईसकेको जनाउँदै मन्त्रालयले सबैलाई स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ लागू गर्न भनेको छ ।

त्यस्तै कुनै पनि मार्गबाट देश, विदेश जाने–आउने वा आन्तरिक–बाह्य पर्यटनमा कहिकतै जाने, भीडभाड गर्ने काम पनि बन्द गर्न मन्त्रालयले आग्रह गरेको छ ।

यस्तो छ अपिल

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ३ : ५३ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल