२४ घण्टामा कुन जिल्लामा कति जनामा कोरोना संक्रमण ? (विवरणसहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति जनामा कोरोना संक्रमण ? (विवरणसहित)


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५ हजार ७५७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१५ हजार ३९१ जनाको पीसीआर र ५२५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

यस्तो छ जिल्लागत विवरण

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा ३, ओखलढुंगामा ६, खोटाङमा ४, झापामा ७७, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा १, पाँचथर १, भोजपुरमा ६, मोरङमा १६१, संखुवासभामा १ र सुनसरी ५८ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ५२, पर्सामा १५३, बारामा ४३, महोत्तरीमा ९, रौतहटमा १६, सप्तरीमा ४, सर्लाहीमा १९ र सिरहामा १३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २४ सय ४ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ६९, चितवनमा १११, दोलखामा ११, धादिङमा १३, नुवाकोटमा १३, भक्तपुरमा १३३, मकवानपुरमा ३८, रामेछापमा १४, ललितपुरमा ४१९, सिन्धुपाल्चोकमा २८ र सिन्धुली ६ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८, गोरखामा २०, तनहुँमा ५, नवलपरासी पूर्वमा ३६, पर्वत १, म्याग्दी १, लमजुङमा २, बागलुङमा २ र स्याङजामा ६ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २८, कपिलवस्तुमा २७, गुल्मीमा १४, दाङमा २५२, नवलपरासीमा ४६, पाल्पामा ४३, प्यूठानमा १०, बर्दियाका ५०, बाँकेमा ४२२, रुकुम पूर्व २, रुपन्देहीमा ४७३ र रोल्पामा ४४ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा २, जुम्ला २, दैलेखमा १७, रुकुम पश्चिममा ५, सल्यानमा १०, सुर्खेतमा ९७ र हुम्लामा २ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको अछाममा १४, कञ्चनपुरमा ४६, कैलालीमा ४१, डडेल्धुरामा १३, डोटी २, दार्चुला २, बाजुरामा ३ र बैतडीमा १६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ५ : २६ बजे

२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन

काठमाडौं– इन्जिनियनिङ पढिरहेकी २२ वर्षीया किशोरी स्नेहा लामिछाने एक सातादेखि

एकीकृत समाजवादीको स्पष्टीकरण : सरकारको विकल्प खोज्न दायाँबायाँ गरिएको छैन

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अहिले नै

राष्ट्रिय सुरक्षा नीतिलाई सबैले गम्भीरतापूर्वक लिनुपर्‍यो : रक्षामन्त्री

काठमाडौं– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय सुरक्षा नीतिलाई राजनीतिक नेतृत्वलगायत सबैले

संविधानमा उल्लेखित प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम हुन थाल्यो : अध्यक्ष पोखरेल

काठमाडौं– नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले नेपालको संविधानमा उल्लेख

सिनियर अहेब कोइरालालाई भ्रष्टाचार मुद्दामा सफाइ, पुगेन अख्तियारको दाबी

काठमाडौं- गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगसहित भ्रष्टाचार मुद्दा चलाइएका