२४ घण्टामा कुन जिल्लामा कति जनामा कोरोना संक्रमण ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति जनामा कोरोना संक्रमण ? (विवरणसहित)


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५ हजार ७५७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१५ हजार ३९१ जनाको पीसीआर र ५२५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

यस्तो छ जिल्लागत विवरण

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा ३, ओखलढुंगामा ६, खोटाङमा ४, झापामा ७७, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा १, पाँचथर १, भोजपुरमा ६, मोरङमा १६१, संखुवासभामा १ र सुनसरी ५८ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ५२, पर्सामा १५३, बारामा ४३, महोत्तरीमा ९, रौतहटमा १६, सप्तरीमा ४, सर्लाहीमा १९ र सिरहामा १३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २४ सय ४ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ६९, चितवनमा १११, दोलखामा ११, धादिङमा १३, नुवाकोटमा १३, भक्तपुरमा १३३, मकवानपुरमा ३८, रामेछापमा १४, ललितपुरमा ४१९, सिन्धुपाल्चोकमा २८ र सिन्धुली ६ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८, गोरखामा २०, तनहुँमा ५, नवलपरासी पूर्वमा ३६, पर्वत १, म्याग्दी १, लमजुङमा २, बागलुङमा २ र स्याङजामा ६ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २८, कपिलवस्तुमा २७, गुल्मीमा १४, दाङमा २५२, नवलपरासीमा ४६, पाल्पामा ४३, प्यूठानमा १०, बर्दियाका ५०, बाँकेमा ४२२, रुकुम पूर्व २, रुपन्देहीमा ४७३ र रोल्पामा ४४ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा २, जुम्ला २, दैलेखमा १७, रुकुम पश्चिममा ५, सल्यानमा १०, सुर्खेतमा ९७ र हुम्लामा २ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको अछाममा १४, कञ्चनपुरमा ४६, कैलालीमा ४१, डडेल्धुरामा १३, डोटी २, दार्चुला २, बाजुरामा ३ र बैतडीमा १६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ५ : २६ बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक