बर्दिया जिल्ला अस्पतालमा ओपीडी सेवा बन्द « Khabarhub

बर्दिया जिल्ला अस्पतालमा ओपीडी सेवा बन्द


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुलरिया– कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पताल बर्दियामा जनशक्तिको अभाव हुन थालेको छ ।

जनशक्तिको अभावसँगै चिकित्सकलगायतका स्वास्थ्यकर्मी सङ्क्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि ओपीडी सेवा तत्काललाई बन्द गरेको अस्पतालले जनाएको छ । आकस्मिक सेवा भने यथावत् सञ्चालन हुनेछ ।

आकस्मिक कक्षसमेत कोरोना सङ्क्रमित बिरामीले भरिएपछि अन्य बिरामीको भर्ना लिने कार्य अस्पतालले बन्द गरेको छ ।

पचास शय्याको सो अस्पतालमा उपचारका लागि आएका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बुधबारदेखि बिरामी भर्नामा रोक लगाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विजय उपाध्यायले बताए । उनका अनुसार गर्भवती, रगत अभाव भएका र आकस्मिकबाहेकका बिरामीको भर्नामा रोक लगाएको छ ।

ओपीडी सेवा पनि अस्पतालको मूल गेटमा दिन थालिएको छ । चिकित्सकले टाढैबाट ज्वरो मापन गरी बिरामीको उपचार गरिराखेका छन् । अस्पतालको ओपीडी सेवा लिनका लागि दैनिक करिब तीन सय बिरामी आउने गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  १० : २९ बजे

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६