धौलागिरि हिमालमा १५ वर्षअघि दुर्घटना भएको हेलिकोप्टर र दुई शव फेला « Khabarhub

धौलागिरि हिमालमा १५ वर्षअघि दुर्घटना भएको हेलिकोप्टर र दुई शव फेला


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धौलागिरि हिमालको आधार शिविरमा हेलिकोप्टरको भग्नावशेष र दुई वटा शव फेला परेको छ ।

नेपाली सेनाको चालु हिमाल सफाइ अभियानअन्तर्गत धौलागिरि हिमालको आधार शिविरमा हेलिकोप्टरको पाटपुर्जा र दुईवटा शव भेटिएको सैनिक प्रवक्ता सन्तोष बल्लब पौडेलले जानकारी दिए ।

१५ वर्षअघि धौलागिरि हिमालमा दुर्घटना भएको एयर डाइनेस्टीको नाइन एन एसीआर कल साइन भएको हेलिकप्टरको भग्नावशेष भेटेको नेपाली सेनाको भनाइ छ ।

सन् २००६ मा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरको अवशेष भेटिएको प्रारम्भिक जानकारी प्राप्त भएको सेनाले जनाएको छ ।

मृतकको पहिचान नखुलेको र यस विषयमा अनुसन्धान भइरहेको नेपााली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाको हिमाल सफाइ अभियानका सदस्यहरूले हिजो (बिहीवार) हेलिकोप्टरको भग्नावशेष र दुई शव फेला पारेका हुन् ।

जारी हिमाल सफाइ अभियानका क्रममा सेनाले ५ हजार १५४ केजी फोहोर संकलन गरेको जनाएको छ । जसमा ३५५ केजी जैविक र ४ हजार ७९९ केजी अजैविक फोहोर संकलन गर‍िएको छ ।

यस्तो छ सेनाले जारी गरेको सूचना

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ६ : ०१ बजे

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक

भक्तपुरमा ७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

भक्तपुर– भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले

वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’

जुम्लामा ४८ करोड राजस्व संकलन

जुम्ला– आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा

ग्यास अभाव झेलिरहेका पत्रकारलाई जब मन्त्रीको फोन आयो…

काठमाडौं – ग्यास अभावका कारण केही दिनदेखि हैरानी खेपिरहेका पत्रकार