धौलागिरि हिमालमा १५ वर्षअघि दुर्घटना भएको हेलिकोप्टर र दुई शव फेला | Khabarhub Khabarhub

धौलागिरि हिमालमा १५ वर्षअघि दुर्घटना भएको हेलिकोप्टर र दुई शव फेला


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धौलागिरि हिमालको आधार शिविरमा हेलिकोप्टरको भग्नावशेष र दुई वटा शव फेला परेको छ ।

नेपाली सेनाको चालु हिमाल सफाइ अभियानअन्तर्गत धौलागिरि हिमालको आधार शिविरमा हेलिकोप्टरको पाटपुर्जा र दुईवटा शव भेटिएको सैनिक प्रवक्ता सन्तोष बल्लब पौडेलले जानकारी दिए ।

१५ वर्षअघि धौलागिरि हिमालमा दुर्घटना भएको एयर डाइनेस्टीको नाइन एन एसीआर कल साइन भएको हेलिकप्टरको भग्नावशेष भेटेको नेपाली सेनाको भनाइ छ ।

सन् २००६ मा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरको अवशेष भेटिएको प्रारम्भिक जानकारी प्राप्त भएको सेनाले जनाएको छ ।

मृतकको पहिचान नखुलेको र यस विषयमा अनुसन्धान भइरहेको नेपााली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाको हिमाल सफाइ अभियानका सदस्यहरूले हिजो (बिहीवार) हेलिकोप्टरको भग्नावशेष र दुई शव फेला पारेका हुन् ।

जारी हिमाल सफाइ अभियानका क्रममा सेनाले ५ हजार १५४ केजी फोहोर संकलन गरेको जनाएको छ । जसमा ३५५ केजी जैविक र ४ हजार ७९९ केजी अजैविक फोहोर संकलन गर‍िएको छ ।

यस्तो छ सेनाले जारी गरेको सूचना

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ६ : ०१ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको