नबिल बैंकद्वारा युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न सम्झौता | Khabarhub Khabarhub

नबिल बैंकद्वारा युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न सम्झौता


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ति) गर्ने भएको छ। शुक्रबार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने विषयमा सम्झौता भएको छ।

बैंकका मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तिका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। नबिलले युनाइटेडलाई रु ३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो।

प्राप्तिपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ। उक्त सम्झौता पश्चात प्राप्तिका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि प्रकृया अगाडि बढाइने छ र समयमै स्वीकृति पाएमा यथासिघ्र संयुक्त कारोबार नबिल बैंकले गर्नेछ।

सोही अनुसार नबिल बैंकको शाखा सञ्जाल वृद्धी भइ १४७ हुनेछ। नबिल बैंकको काठमाडौं उपत्यका भित्र मात्र शाखा सञ्जाल वृद्धी भइ ३७ हुनेछ। एटीएम संख्या भने १९० हुनेछ। निक्षेपको अंक रु २१६ अर्ब हुनेछ भने कर्जाको अंक रु २०१ अर्ब हुनेछ (चैत्र मसान्तको वित्तीय विवरण अनुसार)। यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुवैको अंक २ खर्ब माथि हुनेछ।

नबिल बैंकले मर्जर तथा प्राप्ति प्रकृयामा जान पहिलो पटक यस वर्षको साधारण सभाबाट पारित गरेको थियो र सोही वर्षनै प्राप्ति सम्झौताको घोषणा पनि गरेको छ। यो प्राप्तिसँगै नबिल बैंकले बजारमा आफ्नो नविन सेवा र थप शाखा सञ्जाल मार्फत नयाँ रणनीति अनुसार बजारमा उपस्थित हुने छ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  २ : १३ बजे

सन्तानले असल संकार नपाउँदा वृद्धाश्रमको बास !

काठमाडौं– काठमाडौं नक्सालका ७२ वर्षीय मंगलदास महर्जन ‘बुवाको मुख हेर्ने’

धापासी लाम्पाखामा पहिरो, सडक पूर्ण रूपमा बन्द (तस्बिरहरू) 

काठमाडौं– शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा

न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी – न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस

वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो

वीरगञ्ज– चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट ६८

नेपालमा एकैदिन पाँच हजार ५७ पिन्ट रक्तदान (तस्बिरहरू)

काठमाडौँ – नेपालमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले शुक्रबार एकैदिन पाँच