यस्ता छन् होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई डा. पाण्डेका १६ सुझाव | Khabarhub Khabarhub

यस्ता छन् होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई डा. पाण्डेका १६ सुझाव


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

उनले संक्रमण भइहालेमा पनि नआत्तिएर चिकित्सकसँगको परामर्शअनुसार औषधी खान सुझाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई विभिन्न १६ बुँदे सुझाव दिएका छन् ।

यस्ता छ डा. पाण्डेका सुझाव

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो ।१०० पुग्यो भने पारासिटामोल खानुहोला । शरीर दुखेमा, टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ ।

२.पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला ।यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला । यसलाई प्रोन पोजिसन भनिन्छ । पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला ।यसले फोक्सोको क्षमता बढाउछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ

३.भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला । आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप, ट्याब्लेट खान सकिन्छ ।

४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला । यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ । तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला ।छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि एन्टिभाइरल (एन्टिबायोटिक ) खानुपर्ने हुन्छ ।कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ ।

५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला ।अक्सिजनले रोग निको गर्दैन । चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ, अक्सिजन उपचार हैन । धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ ।

६.एक रातमै अवस्था क्रिटिकल हुनसक्छ । तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला । अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न् कुनै उपचार पाउनुहुन्छ ।

७.अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला ।प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन । यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ।

८.मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला ।

९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला ।यसपटकको प्रजाति निकै संक्रामक छ ।

१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला ।

११. पानीको बाफ लिंदा आराम हुन्छ ।

१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ, कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला ।

१३.हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला ।

१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला ।नआत्तिनुहोला ।

१५. दिनमा १ \२ पटक मात्र समाचार हेर्नुहोला । सामाजिक संजाल नहेर्नुहोला । अनधिकृत समाचारले तनाव बढाउँछ ।

१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला, उपचारको लागि कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ७ : २५ बजे

बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै

चितवन – रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

सिरहा – सिरहा नगरपालिकामा गत माघ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत

सामाजिक सञ्जाल नियन्त्रण गर्ने तयारीमा सरकार, ४ वर्षदेखि फेसबुकमाथि प्रतिबन्ध लगाएको युगाण्डाबाट के सिक्ने ?

काठमाडौं– सरकारले फेसबुकलगायत सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन जारी गरेको

रिहा भएपछि ज्ञानेन्द्र शाहीले भने : भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सफल भयौं

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीहरूको

मधेस प्रिमियर लिग : जनकपुर सनराइज र बलान बिहुल विजयी

सप्तरी – मधेस प्रिमियर लिगअन्तर्गत आज छैटौँ दिन सम्पन्न भएको