झापामा आइतबार रातिबाट एक साताका लागि निषेधाज्ञा « Khabarhub

झापामा आइतबार रातिबाट एक साताका लागि निषेधाज्ञा


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको बढ्दो संक्रमण दर रोकथाम तथा नियन्त्रणका लागि झापामा आइतबार रातिबाट लागू हुने गरी एक साताका लागि निषेधाज्ञा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले बैशाख १९ गते मध्यरातिदेखि लागू हुने गरी २६ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा लागू हुने जनाएको हो ।

यस अवधिमा सबै प्रकारका हाट, बजार, मेला, महोत्सव, जात्रा जस्ता कार्यक्रम सञ्चालन गर्न पाइने छैन । यस्तै शैलुन, व्युटीपार्लर, जिमखाना लगायतका बढि मानिस जम्मा हुने व्यवसाय गर्न पनि निषेध गरिएको छ ।

निषेधाज्ञा अवधिभर सरकारी कार्यालय, बैंक, सहकारी तथा वित्तिय संस्थाहरुलाई आलोपालो प्रणालीबाट सेवा दिन वा अत्यावश्यक सेवा मात्र प्रवाह गर्न पनि प्रशासन आग्रह गरेको छ ।

सवारी साधनमा जोर विजोर

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा अवधिभर सवारी साधनहरुलाई जोर–बिजोर प्रणालीबाट सञ्चालन गर्न भनिएको छ ।

जोर गते जोर नम्बर र बिजोर गने बिजोर नम्बरका सवारी साधन मात्र चलाउन प्रशासनले आग्रह गरेको छ । अत्यावश्यकीय सवारी साधनहरु सञ्चालनमा भने रोक लगाइएको छैन ।

यस्तै विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यहरुमा २५ जना मात्र सहभागी हुन पाइने भएको छ भने अत्यावश्यकीय बाहेकका अन्य पसल बिहान ६ बजे देखि ११ बजे सम्म मात्र खुल्ला हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाद्वारा जारी आदेशमा उल्लेख छ ।

झापामा पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी आदेश

 

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ७ : ४३ बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले