अफगानिस्तानका १६ प्रान्तमा विद्यालयहरु बन्द « Khabarhub

अफगानिस्तानका १६ प्रान्तमा विद्यालयहरु बन्द


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल(सिन्ह्वा)- अफगानिस्तानका विभिन्न १६ प्रान्तका विद्यालयहरु कोभिड १९ को प्रभावका कारण बन्द गरिएको छ ।

यहाँको सरकारले शनिबार सो घोषणा गरेको हो । अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी गराएको हो । उक्त मन्त्रालयले दिएको जानकारीअनुसार यहाँका ३४ ओटा प्रान्तमध्ये १६ ओटा प्रान्तका सम्पूर्ण विद्यालयहरु शनिबारदेखि बन्द गराएको छ ।

अफगानिस्तानको सरकारले शनिबार यस विषयमा जानकारी गराएको हो । यहाँका १६ ओटा प्रान्तका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको छ ।

यहाँका ती प्रान्तहरुमा पछिल्लो समयमा कोभिड १९ को असर झन् बढ्दै जान थालेपछि सो निर्णय गरिएको हो । अफगानिस्तानमा पछिल्लो समयमा कोभिडको प्रभाव झन् बढ्दै गएको छ ।

अधिकारीहरुले दिएको जानकारी अनुसार अफगानिस्तानमा कोभिडका संक्रमितको संख्या शुक्रबार सम्म ७० हजार भन्दा बढी पुगेको छ । शुक्रबार मात्र यहाँ ९७७ जना नयाँ संक्रमित भेटिएका थिए ।

यो संख्या अफगानिस्तनमा गत वर्षको फेब्रुअरीदेखि शुरु भएको संक्रमणको सबैभन्दा बढी हो ।

यहाँ एकै दिन यतिधेरै संख्याका संक्रमित भेटिएपछि सरकारले शनिबारदेखि देशको आधाभन्दा बढी क्षेत्रका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गराएको हो ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ७ : २५ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः