डा. बाबुराम भट्टराईको लेखमा भाजपा नेता चौथाइवालेको आपत्ति « Khabarhub

डा. बाबुराम भट्टराईको लेखमा भाजपा नेता चौथाइवालेको आपत्ति


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपालका पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको लेख प्रति आपत्ति जनाएका छन् ।

भारतीय पत्रिका द हिन्दूको अनलाइन संस्करणमा प्रकाशित भट्टराईको लेखप्रति उनले समाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।

उनले लेखेका छन्, ‘डा. बाबुराम भट्टराई आफ्नो आन्तरिक राजनीतिको बारेमा टिप्पणी गर्न स्वतन्त्र छन् तर आरएसएस र भारतबारे उनको टिप्पणीले उनी अझै पनि जेएनयूको स्वप्न दुनियाँमा बाँचिरहेको देखाउँछ । बाबुरामजी, एक ठेट कट्टर कम्युनिष्ट जस्तै, आफ्ना असफलताहरुको लागि अन्य सबैलाई दोष दिइरहेका छन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गर्न ठीक अघि चौथाइवालेले नेपालको भ्रमण गरेका थिए ।

प्रतिनिधि सभा विघटनको पूर्व सन्ध्या भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल, भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवने, भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्द्धन शृङ्गलापछि चौथाइवाले प्रधानमन्त्रीसँग भेट गर्ने चौथो हाइप्रोफाइल भारतीय थिए ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ११ : २५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना