एसईई परीक्षा वैकल्पिक मूल्यांकनबाट गर्ने बोर्डको निर्णय « Khabarhub

एसईई परीक्षा वैकल्पिक मूल्यांकनबाट गर्ने बोर्डको निर्णय


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ ।

बोर्डको शनिवार बसेको बैठकले एसईई परीक्षा वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रममणि पौडेलले बताए । उनले भने, ‘हामीले एसईई परीक्षा वैकल्पिक मूल्यांकनबाट गरौँ भनेर शिक्षा मन्त्रालयलाई सिफारिस गरेका छौँ । अब शिक्षा मन्त्रालयको निर्णय बमोजिम एसईई परीक्षा हुन्छ ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा गठित कार्यदलले गत बिहीवार (जेठ १४) बोर्डलाई १२ कक्षा र एसईई परीक्षाको विकल्प सहितको प्रतिवेदन पेश गरेको थियो ।

प्रतिवेदन प्राप्त गरेपछि बोर्डले शुक्रबारदेखि नै परीक्षाको मोडालिटीका विषयमा छलफल अगाडि बढाएको थियो । कार्यदलले बोर्डलाई कोरोना संक्रमण दर र परिवेशको आँकलन गरी परीक्षा सञ्चालन गर्न सुझाब दिएको थियो ।

कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा शिक्षा मन्त्रालयलाई वैकल्पिक मूल्यांकनका आधारमा परीक्षा सञ्चालन गर्न सिफारिस गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।

उनले भने, ‘परीक्षाको वैकल्पिक मूल्यांकन गर्ने विधि बनाउनका लागि सरकारबाट स्वीकृत आवश्यक परेकोले विधि बनाउने स्वीकृति लिनको लागि सिफारिस गरेका हौँ ।’

कोरोना संक्रमणको जोखिम बढेदै गएपछि बार्डले गत वैशाख २७ गते १२ कक्षा र एसईई परीक्षाको पूर्वनिर्धारित परीक्षा स्थगित गरेको थियो ।

बोर्डले कोरोनाको दोस्रो लहर आउनुअघि १३ जेठदेखि एसइई र २६ गतेदेखि १२ कक्षाको परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

१२ कक्षाको परीक्षा पर्खने

कक्षा १२ को वार्षिक परीक्षाको लागि भने तत्काल केही निर्णय नभएको पौडेलले बताए ।

उनले भने, ‘कोरोना महामारीको संक्रमण दरपनि केही दिनदेखि कम भइरहेकाले १२ कक्षाको परीक्षाको लागि केही समय पर्खन्छौँ ।’

१२ कक्षाको परीक्षा कुन विधिबाट गर्ने भन्ने विषयमा छलफल चलिरहेपनि अहिले निर्णय भने नभइसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १ : ३६ बजे

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा