नवलपुरमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु « Khabarhub

नवलपुरमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासी जिल्लामा आज एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज कावासोती नगरपालिकाका २ जना र गैंडाकोटका १ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।

कावासोती नगरपालिका ३ की ५६ बर्षीया महिलाको आज बिहान कावासोती नगरपालिका १६ डण्डास्थित मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

जेठ ९ गते जिल्ला अस्पतालमा कोरोना पोजेटिभ पुष्टी भएकी ती महिला जेठ ११ गते चितवनस्थित मेडिकल कलेज अफ साइन्सेज (सिएमएस) भरतपुरमा भर्ना भएकी थिइन् । शनिवार राती पुनः मध्यबिन्दु जिल्ला अस्पतालमै ल्याइएकी ती महिलाको आज विहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

यस्तै, बैशाख २६ गते कोरोना पुष्टि भएका कावासोती ८ कै ४१ बर्षका पुरुष र गैंडाकोट नगरपालिका वडा नं. १७ की ६० बर्षीया महिलाको भरतपुरस्थित सिएमएस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

आज थप ३ जनाको मृत्यु भएसँगै नवलपुरमा कोरोनाको नयाँ भेरियन्ट शुरु भएपछि बैशाखयता मात्रै मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ६ : ५४ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र