उज्वल थापाको स्वास्थ्य सुधारका लागि प्रार्थना गर्दै रहनुहोला : संयोजक मिश्र « Khabarhub

उज्वल थापाको स्वास्थ्य सुधारका लागि प्रार्थना गर्दै रहनुहोला : संयोजक मिश्र


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमण भएर अस्पतालमा उपचाररत विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको र अवस्था अत्यन्तै गम्भीर रहेको विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जनाएका छन्।

उनले सामाजिक सञ्जालमा थापाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै डाक्टरहरूले सकेको गरिरहेको बताएका छन् । डाक्टरहरू र देश-विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ।

उलने फेसबुकमा लेखेका छन्, ‘उज्वलजी स्वास्थ्य सुधारका लागि प्रार्थना गर्दै रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ !’

अहिले थापाको उपचार मेडिसिटी अस्पतालमा भइरहेको छ। यसअघि उनको ह्याम्स र ग्रान्डी अस्पतालमा उपचार भएको थियो। अवस्था सुधार नभएपछि उनलाई मेडिसिटीमा भर्ना गरिएको थियो।

‘अहिले अस्पतालमा ईसीएमओ प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पताल भन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै उपचार भइरहेको भए तापनि उज्वलको अवस्था जटिल हुँदै गएको छ। उहाँको उपचारको क्रममा उपलब्ध सबै विधिहरूको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराउनु भएको छ,’ आइतबार दिउँसो परिवारका तर्फबाट जारी प्रेस नोटमा उल्लेख छ।

उनले फेसबुकमा यस्तो लखेका छन्

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ७ : ५२ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को