काठमाडौँ– भारतमा थप ४५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजार ६९९ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २३औँ दिन हो ।
यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३ लाख ६१ हजार ६९९ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ५ लाख ४३ हजार ७१८ जना संक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकै दिन ८१६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९८ हजार ४८४ पुगेको छ ।
प्रतिक्रिया