कुवेतमा दुई जनाको मृत्यु « Khabarhub

कुवेतमा दुई जनाको मृत्यु

प्रेम सम्बन्धमा रहेका युवाले आत्महत्या गरे


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा नेपाली प्रेमीप्रेमीकाले आत्महत्या गरेका छन् । रोजगारीको सिलसिला कुवेतमा रहेका नुवाकोटका रञ्जित घिमिरे र सोलुखुम्बुकी पेसी शेर्पाले आत्माहत्या गरेका हुन् ।

आपसी झगडाका कारण आत्माहत्या गरेको बताईएको छ । घिमिरे त्यहाँको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत थिए भने शेर्पा कुवेतीको घरमा घरेलु कामदार थिइन ।

उनीहरूले नेपालमा गएर बिहे गर्ने योजना बनाएका थिए । तर विगत केही समयदेखि मनमुटाप भएपछि उनीहरूबीच विवाद हुँदै आएको थियो ।

घिमिरे फर्वानियास्थित आफ्नै कोठामा डोरीले पासो लगाएर आत्महत्या गरे भने त्यो लगतै उनकी प्रेमिका शेर्पाले पनि उनीले काम गर्ने मालिकको घरमा सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेको बताइएको छ ।

उनीहरूले जुन २५ तारिखमा आत्महत्या गरेको कुवेत प्रहरीले जनाएको । यता कुवेतस्थित नेपाली दूतावासले भने आत्माहत्या हो वा केहो भन्ने बारे जानकारी नभएको बताएको छ ।

मृतक शेर्पाको शव नेपाल पठाईसकिएको छ भने घिमिरेको शव पनि आवस्यक कानुन प्रक्रिया पूरा गरे चांडै पठाइने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १० : ०४ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै