पहिरोले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध « Khabarhub

पहिरोले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- आज बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा आएको पहिरोले आज बिहानैदेखि सो सडकखण्ड अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध हुँदा भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लगातार वर्षा भइरहेका कारण तत्कालै पहिरो हटाउन समस्या उत्पन्न भएकोले मौसममा सुधार आउने वित्तिकै सडक खुलाएर यातायात सञ्चालन गर्नका लागि प्राविधिकलाई खटाइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए ।

उनका अनुसार हेटौँडा भीमफेदी सडकखण्डको पान्द्राङमा आज बिहान गएको पहिरोलाई हटाएर हेटौँडातर्फको यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ । त्रिभुवन राजपथ र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा रहेको प्रवक्ता रिमालको भनाइ छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ११ : ०५ बजे

केही घण्टाको अन्तरालमा होर्मुजको जलक्षेत्रमा तीन जहाजमाथि हमला

काठमाडौं- बुधबार केही घण्टाको अन्तरालमा होर्मुजको जलडमरुमध्यमा रहेका तीन जहाजमा

कांग्रेसका नवनिर्वाचित सांसदहरूसँग संसदीय दलको अन्तरक्रिया

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलले राष्ट्रिय सभाका सदस्य र नवनिर्वाचित

सकियो समानुपातिक मतगणना : रास्वपालाई ४७.८२ प्रतिशत मत, दुईतिहाइबाट दुई सिट टाढा

काठमाडौं- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना बुधबार दिउँसो

हतार हतार हर्कको चन्दा अभियान, भारतले सहमति नदिँदा हट्न सकेको छैन दार्चुलामा महाकालीको तुइन

काठमाडौं- श्रम संस्कृति पार्टीका संस्थापक तथा सांसद हर्क साम्पाङले दार्चुलास्थित