१८ वर्षपछि गंगा वरदानको ‘धराने हावा तोङ्बाको पानी’ « Khabarhub

१८ वर्षपछि गंगा वरदानको ‘धराने हावा तोङ्बाको पानी’


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–झण्डै १८ वर्ष पछि लोकगायक गंगा वरदान नयाँ गीत ‘धराने हावा तोङ्बाको पानी’ गीत लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । विभिन्न सांगीतिक कार्यक्रममा प्रस्तुत गरिएको यो गीतलाई गायक वरदानले लिरिकल भिडियोको रुपमा रिलिज गरेका हुन् ।

२०२५ सालमा भोजपुरको दिङ्लामा आयोजित जिल्लाव्यापी लोकगीत प्रतियोगितामा आफ्नै संकलनमा ‘दाई त काले भाइ पनि काले’ गीत गाएर प्रथम भएका गंगाले २०३१ सालमा धरानमा आयोजित ‘पुर्वाञ्चलव्यापी लोकगीत तथा नृत्य प्रतियोगिता’मा ‘छपनीले छान छान, डबकीले हान’ गाएर प्रथम भए ।

२०३५ सालमा रेडियो नेपालमा आफ्नै शब्द, संगीत र स्वरमा ‘कहाँमा काट्यो बेतको लौरी’ रेकर्ड गराएका थिए । २०५५ सालमा ‘गंगा वरदान भाग–१’, २०५७ मा ‘गंगा वरदान भाग–२’ र २०६० मा ‘गंगा वरदान भाग–३’ एलबम बजारमा ल्याएपछि उनले कुनै एलबम र गीत बजारमा ल्याएका थिएनन् ।

‘हाइकिङ बाबा’को रुपमा धरानमा परिचित तथा सेवक अभियानका अभियानकर्ता राजीव हलवाइको रचना तथा वरदानकै संगीत रहेको गीतमा सिर्जन नेपालको संगीत संयोजन तथा मिक्सिङ छ ।

उमेरले ६९ टेकेका र गीतसंगीतमा लागेको ५० वर्ष काटेका गायक वरदान आफ्ना केही पुराना गीतसमेत आफ्नो स्वरमा रि–रेकर्ड गर्ने योजनामा छन् ।

गंगाका ‘छपनीले छान’, ‘कहाँमा काट्यो बेतको लौरी’, ‘बजारै भरौ न धरानै’, ‘सुपाडी कुटुक्क’, ‘माया गर्ने बानी उल्टै गर्छ हानी’, ‘जीउको मासु’, ‘अरु नै तर्यो’लगायतका गीत लोकप्रिय छन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ३ : ४० बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले