क्यानडामा अहिलेसम्मकै अत्यधिक गर्मी, पाँच दिनमा १३० बढीको मृत्यु | Khabarhub Khabarhub

क्यानडामा अहिलेसम्मकै अत्यधिक गर्मी, पाँच दिनमा १३० बढीको मृत्यु


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यानडामा अत्यधिक गर्मीका कारण गत शुक्रबार यता १३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा मात्रै ६० जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ज्येष्ठ नागरिकहरू धेरै छन् ।

क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा तापक्रम अत्यधिक बढेको हो । गत मंगलबारमात्रै क्यानडाको लिटनमा हालसम्मकै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ । मंगलबार सो क्षेत्रको तापक्रम ४९.५ डिग्रिसेल्सियस मापन गरिएको छ । आइतबार ४६.६ डिग्रिसेल्सियस थियो भने सोमबार बढेर ४७.९ डिग्रिसेल्सियस पुगेको थियो ।

भ्यान्कुभरको प्रहरी अधिकारीहरूले गर्मीका कारण एक्कासी मानिसको मृत्यु भइरहेको बताएका छन् । भ्यान्कुभरमा मात्र गर्मीका कारण ६५ जनाको ज्यान गएको छ ।

क्यानडाले बढ्दो तापक्रमबारे ब्रिटिश कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ । त्यसबाहेकका उत्तरपश्चिमी भूभागलाई पनि सूचना जारी गरिएको छ । गर्मीका कारण पछिल्ला केही दिन यता क्यानडाको समग्र जनजीवन नराम्रोसँग प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ३ : ५५ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र