क्यानडामा अहिलेसम्मकै अत्यधिक गर्मी, पाँच दिनमा १३० बढीको मृत्यु « Khabarhub

क्यानडामा अहिलेसम्मकै अत्यधिक गर्मी, पाँच दिनमा १३० बढीको मृत्यु


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यानडामा अत्यधिक गर्मीका कारण गत शुक्रबार यता १३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा मात्रै ६० जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ज्येष्ठ नागरिकहरू धेरै छन् ।

क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा तापक्रम अत्यधिक बढेको हो । गत मंगलबारमात्रै क्यानडाको लिटनमा हालसम्मकै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ । मंगलबार सो क्षेत्रको तापक्रम ४९.५ डिग्रिसेल्सियस मापन गरिएको छ । आइतबार ४६.६ डिग्रिसेल्सियस थियो भने सोमबार बढेर ४७.९ डिग्रिसेल्सियस पुगेको थियो ।

भ्यान्कुभरको प्रहरी अधिकारीहरूले गर्मीका कारण एक्कासी मानिसको मृत्यु भइरहेको बताएका छन् । भ्यान्कुभरमा मात्र गर्मीका कारण ६५ जनाको ज्यान गएको छ ।

क्यानडाले बढ्दो तापक्रमबारे ब्रिटिश कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ । त्यसबाहेकका उत्तरपश्चिमी भूभागलाई पनि सूचना जारी गरिएको छ । गर्मीका कारण पछिल्ला केही दिन यता क्यानडाको समग्र जनजीवन नराम्रोसँग प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ३ : ५५ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा