संसद विघटन मुद्दामा सर्वोच्चले संविधानअनुसार निर्णय गर्ने विश्वास छ : सभामुख « Khabarhub

संसद विघटन मुद्दामा सर्वोच्चले संविधानअनुसार निर्णय गर्ने विश्वास छ : सभामुख


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनको विषयमा अदालतले संविधान अनुसार नै निर्णय गर्ने विश्वास व्यक्त गरेका छन् ।

संसद् दिवसका अवसरमा बुधबार सिंहदरबारस्थित संसद सचिवालय परिसरमा वृक्षारोपण गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै अदालतले संविधान अनुसार नै निर्णय गर्ने विश्वास व्यक्त गरे ।

संविधानको मर्म, भावना, बहुसंख्यक सांसदको मनोभावना अनुसार नै यो विषय निरुपण हुने उनको भनाइ छ । त्यस्तै उनले वातावरणबाट हुने असरबाट मुक्त हुन वृक्षारोपणमा सहभागी हुन सबैलाई अपिल गरे ।

सभामुख सापकोटाले सचिवालयको बगैंचामा रुद्राक्षको विरुवा रोपेका हुन् । सो अवसरमा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाल, संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सचिवालयका सचिवहरु ध्रुव घिमिरे, सुदर्शन खतिवडालगायतले पनि सचिवालय परिसरमा वृक्षारोपण गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ४ : २६ बजे

यस्तो छ कर्णालीबाट सार्वजनिक रास्वपाको वाचापत्र (पूर्णपाठ)

सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले फागुन २१ गतेको चुनावका लागि कर्णाली

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उनले

रास्वपाको चुनावी वाचापत्र कर्णालीको सुर्खेतबाट सार्वजनिक

सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले फागुन २१ गतेको चुनावका लागि

पूर्वाधारमा एमालेले चारवटा रेल मार्गसँगै अन्तर्देशीय जलमार्ग विस्तार गर्ने 

काठमाडौं– नेकपा एमालेले देशभित्र र अन्तर्देशीय गरी ६ वटा रेल

एआई विश्वकै साझा सम्पत्ति बन्नुपर्छ : मोदी

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केही शक्तिशाली