स्तनपानले आमालाई लाभ « Khabarhub

स्तनपानले आमालाई लाभ


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिशुको जन्मपछि ६ महिनासम्म केवल आमाको दुध मात्र ख्वाउन चिकित्सकहरु सल्लाह दिन्छन् । ६ महिनापछि शिशुलाई बिस्तारै थप आहार ख्वाउनु पर्ने चिकित्सकहरुको सुझाव छ । ६ महिनासम्म आमाको दुध मात्र खाने बच्चामा पखाला, पेटसम्बन्धी समस्या वा अन्य संक्रमण हुदैँन साथै रुने वा तौल कम हुने सम्भावना पनि हुदैँन ।

जन्मदेखि ६ महिनासम्म आमाको दूध मात्र ख्वाउने गरेमा आमाको जीउडाल पनि विस्तारै कम हुँदै जान्छ । साथै आमालाई पनि कुनै शारीरिक समस्या हुदैँन । अझ आमाको दुध मात्र खाने बच्चाहरु हतपत बिरामी पर्दैनन्, रुघाखोकी, पखाला, ज्वरो लाग्दा पनि सामान्य रूपमा निको हुने सम्भावना हुन्छ । साथै यस्ता बच्चाहरु भित्रैबाट बलिया भएजस्तो लाग्छ ।

स्तनपानले शिशुसँगै महिलामा स्वास्थ्यसम्बन्धी धेरै सकारात्मक परिवर्तन ल्याउने गर्दछ । स्तनपान गराउँदा महिलाको शरीरमा आक्सिटोसिन नाम गरेको हार्मोन उत्पन्न हुन्छ । यो हार्मोनले पाठेघरलाई खुम्च्याएर आफ्नै पुरानै आकारमा छिट्टै फर्किन सघाउँछ । सुत्केरीपछि धेरैजसो महिला आफ्नो बढेको तौललाई लिएर चिन्तित रहन्छन् । उक्त तौलमा कमी ल्याउनु वा पुरानै अवस्थामा फर्कन स्तनपानले सघाउँछ ।

सुत्केरीपछि केही महिलामा हुने उदासी रोगसमेत स्तनपान गराउने आमामा नगराउनेहरूको दाँजोमा धेरै कम देखिएको छ । आमाको स्वास्थ्यलाई स्तनपानले फाइदा पुर्‍याउँदै आएको समय शिशुहरूलाई त यसले झन् ज्यान नै जोगाइरहेको छ । त्यसैले चिकित्सकहरु जन्मदेखि ६ महिनासम्म आमाको दूधको अतिरिक्त पानी लगायतका कुनै पनि वस्तु शिशुलाई नदिन सल्लाह दिन्छन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १० : ३५ बजे

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा