लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख शेरचनले कार्यभार सम्हाले, सरकारद्वारा बेवास्ता « Khabarhub

लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख शेरचनले कार्यभार सम्हाले, सरकारद्वारा बेवास्ता


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज कार्यभार सम्हालेका छन् । संघीय राजधानी काठमाडौँबाट बुटवल आएका उनले प्रदेशको मुकाम बुटवलमा कार्यकार सम्हालेका हुन् । प्रदेश प्रमुख शेरचनको स्वागतलाई प्रदेश सरकारले भने बेवास्ता गरेको पाइएको छ ।

प्रदेश प्रमुख शेरचनलाई प्रदेश प्रमुख कार्यालयका कर्मचारीले स्वागत गरेका थिए भने नेपाली सेनाले सलामी दिएको थियो । तर प्रदेश प्रमुखको स्वागतमा सरकारका कोही पनि मन्त्री पुगेनन् । यस अघि धर्मनाथ यादव प्रदेश प्रमुख भएर आउँदा तत्कालीन आन्तरिक मामिला तथा योजना मन्त्री कुलप्रसाद केशी पुगेका थिए । यस्तै, बिदाइमा मुख्यमन्त्री शंकर पोखरेल स्वयम्: उपस्थित थिए

पदबहाल गर्दै शेरचनले संविधानले दिएको अधिकार भन्दा बाहिर कोही पनि नरहेको सुनाए । संविधानको पालना गर्दै काम गर्ने उनले प्रतिबद्धता जनाए । उनले भने, ‘कसैले पनि संविधान नाघेर हिँड्ने अवस्था आउन दिन हुन्न ।’ शान्ति र संवैधानिक तरिकाले प्रदेश चलाउने बताए । उनले विवादित काम नगर्ने प्रतिवद्धता समेत जनाए । उनले भने, ‘मैले कहिल्यै कसैसँग पद मागिन, यतिबेला लुम्बिनीमा आवश्यकता देखेर पठाईएको छ ।’

गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख भएका शेरचनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले बर्खास्त गरेकी थिइन् । उनले उत्तरगंगगाको पानी डाइभर्सन गरेर कालीगण्डकीमा पानीको बहाव कम हुन नदिने उपाय अवलम्बन गर्न सकिने बताए । डाइभर्सन गरेको पानी जहाँ गए पनि नेपालीले प्रतिफल पाउने शेरचने बताए ।

तर नयाँ प्रदेश प्रमुखको स्वागत हुँदा उनी नेतृत्वको सरकारका कोही पनि मन्त्री पुगेनन् । मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्रीसहित सबै मन्त्री थिए । त्यहाँ समीक्षा बैठक चलिरहेको छ । तर १०० मिटरभित्रैको दूरीमा रहेको प्रदेश प्रमुखको कार्यालयमा स्वागतको लागि गएनन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  २ : ३० बजे

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन

‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं– नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन