एनबीआईद्वारा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई कदरपत्रसहित सम्मान « Khabarhub

एनबीआईद्वारा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई कदरपत्रसहित सम्मान


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय व्यवसायिक पहल नेपाल (एनबीआई) ले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको छ ।

साउन १० गते राज्यमन्त्रीमा नियुक्त भएका श्रेष्ठलाई एनबीआईले विषेश कार्यक्रम गरेर शुक्रबार कदरपत्रसहित बधाई तथा सफलताको शुभकानमना व्यक्त गरेको हो ।

एनबीआईका अध्यक्ष कुशकुमार जोशीले मन्त्री श्रेष्ठलाई कदरपत्रसहित सम्मान व्यक्त गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष जोशीले राज्यमन्त्रीमा श्रेष्ठ नियुक्त हुनु सम्पुर्ण निजी क्षेत्रको लागि गर्भको कुरा भएको बताए ।

श्रेष्ठले विगतमा गरेका काम र व्यवस्थापनको आधारमा मन्त्रीमा नियुक्त गरिएको अध्यक्ष जोशीले बताए । मन्त्री श्रेष्ठले स्वास्थ्य क्षेत्रका विसंगती र कमी कमजोरीलाई निराकरण गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

कार्यक्रममा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले मन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै मन्त्री श्रेष्ठको निजी क्षेत्रको शिक्षा र स्वास्थ्यमा महत्वपूर्ण योगदान रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आफ्नो सफलता भनेको पूरै निजी क्षेत्रको सफलता भएको बताए ।

उनले आफ्नो नियुक्तिको अवसर र चुनौति दुबै भएको र आफूलाई आएका अनेकौँ टिप्पणीलाई आलोचना नगरी कार्यमार्फत सामना गर्ने बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ३ : १५ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ