‘मदन पुरस्कार’का लागि उत्कृष्ट नौ पुस्तकको मनोनयन सार्वजनिक « Khabarhub

‘मदन पुरस्कार’का लागि उत्कृष्ट नौ पुस्तकको मनोनयन सार्वजनिक


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मदन पुरस्कार गुठीले शुक्रबार ‘मदन पुरस्कार–२०७७’को लागि नौं पुस्तकको श्रेष्ठका सूची सार्वजनिक गरेको छ ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले शुक्रबार विज्ञप्तीमार्फत पुरस्कारका लागि गिरि श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प–ग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ र भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९–२०२०’ छनोंट भएको जानकारी दिएका छन् ।

दीक्षितका अनुसार पुरस्कारको लागि गुठीलाई २ सय २२ पुस्तकहरु प्राप्त भएका थिए । ‘यी पुस्तकहरुमध्येबाट बढीमा १० पुस्तकहरुको श्रेष्ठ सूची तयार गर्न कठिन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको थियो’, विज्ञप्तीमा लेखिएको छ, ‘गुठीको नियमानुसार अप्रकाशित सामाग्रीहरुको बाहुल्य रहेका पुस्तकलाई छनोंटको एउटा आधार बनाइएको थियो ।’

यी नौमध्येबाट एक पुस्तकले ‘मदन पुरस्कार २०७७’ पाउने गुठीले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ४ : ४५ बजे

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय