कोरोना संक्रमित बढेपछि झापामा शनिबारदेखि फेरि निषेधाज्ञा « Khabarhub

कोरोना संक्रमित बढेपछि झापामा शनिबारदेखि फेरि निषेधाज्ञा


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरणका लागि झापामा फेरि शनिबारदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै साउन १६ गते मध्यराति देखि २३ गते सम्म पुनः निषेधाज्ञा घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो ।

यो अवधिमा दूध, तरकारी, मासुजन्य वस्तुको कारोवार बिहान ६ बजे देखि ८ बजे सम्म खुला गरिने प्रशासनले जनाएको छ ।

कोरोनाको संक्रमण बढ्न थालेपछि झापाका १५ स्थानीय तहमध्ये १० वटामा यसअघि नै निषेधाज्ञा लागू गरिएको थियो । झापाको बुद्धशान्ति गाउँपालिकाबाट शुरु भएको निषेधाज्ञा लगाउने क्रम पश्चिमी भागको कमल गाउँपालिकासम्म लागू भएको छ । यस्तै मेचीनगर, हल्दिबारी, कन्काई, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र विर्तामोडमा पनि निषेधाज्ञा लागू गरिएको छ ।

संक्रमणको स्थानीय अवस्थाका आधारमा स्थानीय तहहरुले निषेधाज्ञा लगाएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार डीसीसीएमसीको समन्वयमा स्थानीय तहहरुले क्रमिक रुपमा निषेधाज्ञा लागू गरेका हुन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ८ : ०३ बजे

बालेन्द्रको जित पक्का, ओलीसँग ३८ हजार मतको अन्तर

झापा- झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र