उर्मिला बनिन् नयाँ ‘मिसेस नेपाल ग्ल्याम’ « Khabarhub

उर्मिला बनिन् नयाँ ‘मिसेस नेपाल ग्ल्याम’


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिसेस नेपाल ग्ल्याम २०२१’को उपाधि काठमाडौ चाबहिलकी उर्मिला कार्कीले जितेकी छन् । दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै उनले शीर्षसहित ‘मिसेस ट्यालेन्ट’, ‘मिसेस पपुलर’, ‘भ्युवर्स च्वाइस’, ‘बेष्ट हेयर’उपाधि समेत हात पारिन् । विजेता उर्मिलाले सिंगापुरमा आयोजना हुने ‘मिसेस इन्टरनेशलन २०२१’ नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

सामाजिक दुरी कायम गर्दै ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा भएको प्रतियोगितामा रमिता यादव ‘फस्ट रनर अप’ र सरिता श्रेष्ठ ‘सेकेन्ड रनरअप’ भए । रमिता ‘मस्ट डिसिप्लेन’ उपाधि बन्दा सरिताले ‘बेस्ट र्याम्प वाक’, ‘फिगर’ र ‘फोटोजेनिक’ विधामा अब्बल साबित भइन् ।

विजेतालाई पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री चन्दा चौधरी, अभिनेता धिरेन शाक्य, आयोजक संस्थाकी अध्यक्ष एवम् अधिवक्त प्रीति कार्कीले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा बवी शाह ‘बेष्ट स्माईल’, रंगलक्ष्मी फुयाँल ‘बेस्ट स्किन’, मलिसा शर्मा ‘फेसबुक च्वाईस’, शान्ति मगर लिम्बु ‘मिसेस ब्युटीफुल’, सुनिता श्रेष्ठ ‘बेष्ट फिगर’, अन्जना खड्का ‘बेस्ट डान्स’, र शोभा शाही ‘बेष्ट कन्फिडेन्ट’ चुनिए ।

प्रतियोगितामा अभिनेता तुलसीप्रसाद श्रेष्ठ, गायिका भावना आचार्य, अभिनेता प्रेम पाण्डे, निर्देशक कल्याण अधिकारी, मेकअप आर्टिस्ट गीता पौडेल र फिल्म निर्देशक मधुसुदन भट्टराई निर्णायक थिए ।

कार्यक्रममा फिल्म निर्देशक उमेश गुरुङ ‘राष्ट्रिय निर्देशक सम्मान’, पेजेन्ट निर्देशक नीशुकान्त झा ‘राष्ट्रिय पेजेन्ट निर्देशक सम्मान’, मेकअप आर्टिस्ट विना राना मगरलाई ‘राष्ट्रिय मेकअप आर्टिस्ट सम्मान’, गीतकार डब्बु क्षत्रीलाई ‘राष्ट्रिय गीतकार सम्मान’, फेसन डिजाइनर दिलमाया मगरलाई र‘ाष्ट्रिय फेसन डिजाइनर सम्मान’बाट सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १२ : ११ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ