कृष्ण चरित्रले चम्किएका यी कलाकार « Khabarhub

कृष्ण चरित्रले चम्किएका यी कलाकार


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– टेलिभिजनमा समय–समयमा पौराणिक टेलिफिल्महरु प्रसारण भइरहेका हुन्छन् । यी टेलिफिल्ममा कलाकारहरु कहिले राम बन्छन् त कहिले कृष्ण । टेलिभिजनको दुनियाँमा यस्ता धेरै कलाकार छन्, जो भगवान कृष्णको भूमिका निभाएर लोकप्रिय बनेका छन् । कृष्ण जन्माष्टमीको अवसर पारेर भारतीय टेलिभिजनमा कृष्णको भूमिकामा अभिनय गरेर लोकप्रिय बनेका केही कलाकारको यहाँ चर्चा गरिएको छ ।

अभिनेता सुमेध मुद्गलकर हालका दिनमा स्टार भारतको लोकप्रिय शो ‘राधाकृष्ण’मा देखिएका छन् । यो शोमा उनले कृष्णको भूमिका निर्वाह गरेका छन् । उनको यो भूमिकालाई दर्शकले उत्तिकै मनपराएका छन् ।

अभिनेता सौरभ राज जैन पनि टेलिभिजनमा कृष्ण बनिसकेका छन् । उनले सन् २०१३ मा रिलिज पौराणिक कथाको ‘महाभारत’मा कृष्णको भूमिका निर्वाह गरेका थिए । ‘महाभारत’मा अभिनय गरेपछि सौरभको जिन्दगी रातारात बदलियो । दर्शकहरु आज पनि उनलाई कृष्णको भूमिकामा हेर्न चाहन्छन् ।

एनडीटीभी इमेजिनको शो ‘जय श्री कृष्णा’मा बाल कलाकार दृष्टि भाटिया कृष्णको भूमिकामा देखिएकी थिइन् । यो शोको समयमा कसैलाई पनि टेलिभिजनमा देखिएका कृष्ण वास्तविक जीवनमा केटी हुन् भन्ने जानकारी दिइएको थिएन ।

अभिनेता नितिश भारद्वाजले धेरै वर्ष अघि ‘महाभारत’, ‘विष्णु पुरान’ जस्ता पौराणिक टेलिफिल्ममा कृष्णको भूमिका निर्वाह गरेका थिए । नितिश सन् १९८८ मा बीआर चोपडाको ‘महाभारत’ को हिस्सा बने । कोभिड महामारीपछिको लकडाउनमा नितिश अभिनित ‘महाभारत’ अत्याधिक लोकप्रिय बनेको थियो ।

अभिनेता विशाल करवालले पनि कृष्णको भूमिकामा अभिनय गर्ने मौका पाएका छन् । उनले ‘द्वारिकाधीश भगवान श्रीकृष्ण’, ‘परम अवतार श्रीकृष्ण’ र ‘नागार्जुन एक योद्धा’मा कृष्णको भूमिका निभाएका थिए ।

सर्वदमन बजर्नी हिन्दी, तेलूगु र बंगाली फिल्ममा एक लोकप्रिय नाम हो । उनले सन् १९८३ मा बलिउडमा डेब्यू गरेका थिए । त्यसपछि उनले सन् १९९३ मा रामानन्द सागरको टेलिभिजन शो ‘कृष्णा’मा भगवान कृष्णको भूमिका निर्वाह गरेका थिए ।

सन् १९९३ मा भारतीय टेलिभिजन दुरदर्शनमा रिलिज प्रख्यात शो मा स्वप्निल जोशीले कृष्णको भूमिका निर्वाह गरेका थिए । उनले १३ वर्षको उमेरमै यो भूमिकामा अभिनय गरेका थिए ।

कृष्ण बन्ने सूचीमा टेलिभिजन अभिनेता मृणाल ठाकुर पनि पर्छन् । उनले ‘कहानी हमारे महाभारतकी’मा कृष्ण बन्ने अवसर पाएका थिए ।

मेघन जाधवले हालसम्म कैयौं पौराणिक कथामा अभिनय गरिसकेका छन् । उनले सन् २००८ मा रिलिज टेलिभिजन शो ‘जय श्रीकृष्ण’मा कृष्णको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १ : ५० बजे

बैतडीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

टी–२० विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का खेल आजदेखि

सर्लाही-४ बलरा नगरपालिकाका पूर्व मेयर अभय सिंह कांग्रेसमा प्रवेश

सर्लाही– सर्लाहीको बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा

एमाले अध्यक्ष ओली आज झापा जाँदै, यस्तो छ कार्यक्रम

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै

आहा रारा गोल्डकप : उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै

कास्की– मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा