गलत कागजात पेश गरेका १० विद्यार्थीलाई चिकित्सा शिक्षाको आरक्षण कोटाबाट हटाइयो « Khabarhub

गलत कागजात पेश गरेका १० विद्यार्थीलाई चिकित्सा शिक्षाको आरक्षण कोटाबाट हटाइयो


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गलत कागजात पेश गर्ने १० जना विद्यार्थीलार्ई आइतबार बसेको चिकित्सा शिक्षा आयोगको कार्यसमितिले आरक्षण तर्फको योग्यताक्रम सूचीबाट हटाएको छ ।

चिकित्सा शिक्षा तर्फ स्नातक तहको गत साउन ९ देखि १३ सम्म सञ्चालित एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यता क्रममा रहेका विद्यार्थीलाई आरक्षण समूहबाट हटाएको हो ।

विद्यार्थीहरुले कक्षा ६ देखी १० सम्म सार्वजनिक विद्यालयमा अध्ययन गरेको प्रमाण पेश गरे पनि छानविनका क्रममा पुष्टि हुन नसकेकाले १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने आयोगले जनाएको छ ।

आयोगले एमबीबीएसतर्फ अमनकुमार चौधरी (आदीवासी जनजाती र थारु), बीरेन्द्र धिताल, गगन प्याकुरेल र सूर्यकिरण जोशीलाई (खस आर्य र पिछडिएको क्षेत्र)को समूहबाट हटाएको छ ।

त्यस्तै, लकसन शाही (पिछडिएको क्षेत्र), सुजन घिमिरे (पिछडिएको क्षेत्र), स्वस्तिका सुन्दास (महिला, दलित महिला र दलित), स्मारिका श्रेष्ठ (महिला र आदिवासी जनजाती) लाई आरक्षणबाट हटाइएको हो ।

त्यस्तै बीडीएसतर्फका सूर्य किरण जोशीलाई खस आर्य र पिछडिएको क्षेत्रबाट र स्मारिका श्रेष्ठलाई महलिा र आदिवासी जानजातिको समूहमा छात्रवृत्ति प्रदान नगर्ने निर्णय आगोगले गरेको छ ।

आयोगमा सार्वजनिक विद्यालयमा अध्ययन गरेको प्रमाण पेश गरे पनि ४५ प्रतिशत छात्रवृत्तिको योग्यता क्रममा रहेका तर उनीहरुमाथि उपर सत्य कागजात पेश नगरेको भनी उजुरी परेपछि आयोगले छानविन गरेको थियो । छानविनका क्रममा विद्यार्थीहरुले पेश गरेका प्रमाणपत्र पुष्टि गर्न नसेपछि उनीहरुलाई आरक्षण योग्यताक्रमबाट हटाइएको आयोगले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ३ : ११ बजे

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी

कालीगण्डकीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगरको पुल बगायो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

बागलुङ– बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको

सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात्