राजलाई छोड्ने मनस्थितिमा शिल्पा « Khabarhub

राजलाई छोड्ने मनस्थितिमा शिल्पा


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– व्यापारी पति राज कुन्द्रा पोर्नोग्राफी मुद्धामा फसेपछि अभिनेत्री शिल्पा शेठ्ठीले उनलाई छोड्ने मनस्थिति बनाएकी छन् । यो कुराको पुष्टि उनका नजिकका साथीले गरेका छन् ।

उनको एक साथीका अनुसार दुई सन्तानलाई सँगै लिएर राजलाई छोड्ने मनस्थिति शिल्पाले बनाएकी छन् । ‘राज कुन्द्रामाथिको समस्या दिनका दिन बढिरहेको छ । पति राज पोर्नोग्राफी मुद्धामा जोडिएपछि हामीलाई भन्दा बढी चिन्ता अहिले शिल्पालाई छ । शिल्पाले हिराहरु र घरको सम्पत्ति कुनै आपराधिक श्रोतबाट राजले पाए भन्ने सुराकी पाउन सकेकी छैनन्’, ती साथीले भनेकी छन् ।

शिल्पा आफ्ना सन्तानलाई पति राजले गलत शैलीबाट कमाएको सम्पत्तिबाट टाढा राख्न चाहिन्छन् । ‘शिल्पाले अब कुन्द्राको सम्पत्तिलाई कुनै पनि हालतमा नछुने अडान लिइसकेकी छन् । उनले रियालिटी शोबाट आफूलाई चाहिने पैसा कमाइसकेकी छन् । उनी फिल्मबाट स्थापित भइसकेकी छन् । त्यसकारण पनि फिल्म ‘हंगामा २’ र रिलिज नभएको ‘निकम्मा’ पछि अन्य फिल्ममा पनि जोडिन चाहेकी छन्’, शिल्पाकी साथीले भनेकी छन् ।

शिल्पालाई निर्देशक अनुराग बसु र प्रियादर्शनले आफ्नो फिल्ममा अभिनय गराउने वचनबद्धता व्यक्त गरिसकेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ४ : २४ बजे

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी