कर्णालीमा कोभिड : जोखिममा बालबालिका | Khabarhub Khabarhub

कर्णालीमा कोभिड : जोखिममा बालबालिका


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर-  कर्णाली प्रदेशमा पछिल्लो समय कोरोनाको सङ्क्रमण बालबालिकामा देखिन थालेको छ ।

कोरोनाकोे दोस्रो लहर सुरु भएयता बालबालिका पनि सङ्क्रमित भएका छन् । पहिलो लहरमा बालबालिकामा कमै देखिएको कोरोना सङ्क्रमण दोस्रो लहरमा बढेको हो ।

कर्णालीमा हालसम्म २० वर्ष मुनिका १९ प्रतिशत बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश स्वास्थ्यसेवा निर्देशनालयका अनुसार यो सङ्ख्या पहिलो भन्दा दोस्रो लहरमा बढी देखिएको छ ।

प्रदेशमा अहिलेसम्म कूल ३० हजार ८६९ जनामा सङ्क्रमण देखिएकोमा ८० प्रतिशत सङ्क्रमित भने २० वर्षमाथिका छन् । निर्देशनालयका निर्देशक डा रवीन खड्काले बालबालिकामा पनि सङ्क्रमणदर बढ्दो रहेको बताए ।

“बालबालिकामा सङ्क्रमण दर बढ्दो क्रममा देखिन्छ”, खड्का भन्छन् , “बालबालिकाले कोभिडविरुद्धको खोप पनि पाएका छैनन् त्यो भएर पनि उनीहरुमा जोखिम बढी हुने आँकलन गरिएको छ ।” उनका अनुसार पाँच वर्षमुनिका बालबालिकामा भने जोखिम कम रहेको छ ।

निर्देशक खड्काका अनुसार गतवर्ष पहिलो लहरमा कर्णालीमा चार प्रतिशत बालबालिका मात्र कोरोना सङ्क्रमित भएका थिए । त्यो सङ्ख्या बढेर अहिले १९ प्रतिशत अर्थात् पाँच हजार ५५६ पुगेको छ । पहिलो र दोस्रो लहरमा सबैजसो उमेर समूहलाई प्रभावित पारेको कोभिडको तेस्रो लहरसमेत आउन सक्ने जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको आँकलन छ । उक्त लहरले बालबालिकामा बढी असर गर्ने बताइएको छ । बालबालिकामा बढी सङ्क्रमण हुने देखिएकाले सोहीअनुसारको पूर्व तयारी गर्नुपर्ने निर्देशक खड्काको भनाइ छ ।

यसैबीच कर्णालीमा पनि तेस्रो लहरको सङ्क्रमणबाट जोगिन पूर्वतयारी थालिएको छ । निर्देशक डा खड्काले बालबालिकामा जोखिम हुने अनुमान गरेर जिल्लास्थित सबै अस्पतालले २० प्रतिशत बेड छुट्याएको जानकारी दिए । बालबालिकाका लागि उपचारमा आवश्यक पर्ने स्वास्थ्य उपकरण र जनशक्तिको समेत व्यवस्था गरिएको उनको भनाइ छ ।

त्यसैगरी सघन उपचार कक्ष र भेन्टिलेटर व्यवस्थापन गरिएको छ भने अक्सिजन सिलिण्डरहरु थप गर्ने काम भइरहेको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले बताए । उनले काभिड नियन्त्रणकै लागि कर्णालीमा तीनवटा हिमाली जिल्लाका सबै नागरिकलाई खोप व्यवस्थापन गर्ने गरी तयारी अघि बढाइएको बताए ।

“जहाँ कम जनसङ्ख्या रहेका जिल्लाहरु छन् त्यहाँका सबै नागरिकलाई खोपको व्यवस्था गर्ने गरी काम अघि बढाएका छौ”, चौधरीले भने, “हिमाली जिल्लासँगै सबैभन्दा बढी कोभिडबाट प्रभावित रहेको सुर्खेतमा पनि सबै नागरिकलाई खोप दिने गरी तयारी गरिरहेका छौँ ।”

यस्तै, निर्देशनालयले उपचारका लागि प्रदेशका तीन वटा अवस्थामा भाइरस सङ्क्रमणको वर्गीकरण गर्ने व्यवस्था मिलाएको छ । उपचारलाई सहज बनाउन सङ्क्रमितको स्वास्थ्य अवस्थाअनुसार भाइरसको वर्गीकरण गरिएको हो । सोही आधारमा निर्देशनालयले मापदण्डसमेत बनाएको छ । सामान्य, मध्यम र जटिल अवस्था वर्गीकरण गरी त्यसकै आधारमा समुदाय, जिल्ला तह र प्रदेश अस्पतालमा उपचारको प्रबन्ध गरिएको बताइएको छ ।

कर्णालीमा हालसम्म कोरोना सङ्क्रमणबाट ३६८ जनाको ज्यान गएको छ । झन्डै एक हजार हाराहारीमा सक्रिय सङ्क्रमित अहिले पनि छन् । पछिल्ला दिनमा गम्भीर बिरामीको सङ्ख्या धेरै नभए पनि सङ्क्रमण दर भने बढ्दो छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ९ : १५ बजे

कांग्रेसको असन्तुष्ट पक्षले भन्यो- विशेष महाधिवेशन सम्भव नभए फागुनअघि नै नियमित महाधिवेशन गरौँ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आगामी मंसिरभित्र विधिवत् महाधिवेशन

धेरै टिकटक हेर्नुहुन्छ ? हुनसक्छन् यस्ता समस्या

काठमाडौं- टिकटक हेर्ने बानी मनोरञ्जनको सामान्य माध्यमजस्तो देखिए पनि यसको

तिहार मनाउन छ लाख मानिसले उपत्यका छोड्ने अनुमान

काठमाडौं– शनिबारदेखि सुरु भएको तिहारका लागि करिब छ लाख मानिसहरू काठमाडौँ उपत्यकाबाट

निसान सर्भिसद्वारा सातदोबाटो ट्राफिक स्टेसनलाई सहयोग

काठमाडौं– स्थानीय प्रशासनलाई सहयोग पुर्‍याउने र समुदाय पुनः स्थापनामा योगदान पुर्‍याउने

मोरोक्कोमा जेनजी आन्दोलन : शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग

रबात- मोरोक्कोमा हाल जेनजी समूहका युवाहरूले भ्रष्टाचार, बेरोजगारी र सामाजिक