गोपनियताका लागि परिवारबाट अलग्गै बस्छन् यी कलाकार « Khabarhub

गोपनियताका लागि परिवारबाट अलग्गै बस्छन् यी कलाकार


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– फिल्मी दुनियाँमा यस्ता कैयौं कलाकार छन्, जो गोपनियताका लागि आफ्नो परिवारभन्दा अलग बस्छन् । जहाँ उनीहरु एकल जीवनमा रमाइरहेका छन् ।

अभिनेत्री आलिया भट्टले आफूलाई बलिउडमा स्थापित गरिसकेकी छन् । उनी आफ्नो फ्ल्याटमा परिवारभन्दा अलग बसेकी छन् । आलियालाई गोपनियता निकै मनपर्छ । यसका लागि उनले परिवारबाट अलग बस्ने निर्णय लिएकी हुन् ।

अभिनेता विक्की कौशल पनि गोपनियतालाई निकै मनपराउछन् । यही कारण उनी पिता श्याम कौशलबाट अलग्गिएर छुट्टै अपार्टमेन्टमा बस्छन् ।

अभिनेत्री कटरीना कैफ धेरै वर्ष अघि मुम्बईमा आफ्ना लागि अलग्गै घर किनेकी थिइन् । त्यही समयदेखि उनी आफ्नो घरमा बस्दै आएकी छन् । उनी परिवारबाट अलग्गिएर बस्न थालेको लामो समय भइसकेको छ ।

बलिउडका ‘चकलेडी ब्वाइ’ अभिनेता रणवीर कपूर लामो समयदेखि आफ्नो निजी घरमा बस्दै आएका छन् । उनीसँग अभिभावक बस्दैनन् । तर उनको परिवार समय–समयमा रणवीरलाई भेट्न गइरहन्छन् । गत वर्ष उनको पिता ऋषि कपूरको निधन भएको थियो ।

फिल्म ‘शेरशाह’ अभिनेता सिद्धार्थ मल्होत्राले बलिउडमा राम्रो सफलता पाइसकेका छन् । उनको मुम्बईमा आफ्नो घर छ । उनी मुम्बईमै रहेका आफ्नो परिवारबाट अलग्गै बस्छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ५ : ४० बजे

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी