काठमाडौँको फोहर तत्काल उठाउने प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन « Khabarhub

काठमाडौँको फोहर तत्काल उठाउने प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर फोहर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएका छन् ।

उनले आज प्रधानमन्त्री निवास बालुबाटारमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्कीलाई बोलाएर तत्काल फोहर उठाउने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका हुन। प्रधानमन्त्री देउवाले त्यसमा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताए  ।

सम्बन्धित अन्य सरकारी निकायबाट पनि समन्वय हुने भन्दै उनले काठमाडौँको फोहर उठाउने व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ८ : ०१ बजे

महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक भोलि बस्ने, समानुपातिक सूचीलाई अन्तिम रुप दिइने

काठमाडौं- नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय

गगन थापा र सुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : झगडा गरेर कहिलेसम्म टिक्ने ?

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य तथा पूर्वमन्त्री सुदन

बालुवाटारमा प्रधानमन्त्री कार्की र तीन दलका नेताबीच छलफल जारी (तस्बिरहरु)

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच

जेन-जी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा– जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने