पहिरोले दुई जिल्ला जोड्ने सडक अवरुद्ध « Khabarhub

पहिरोले दुई जिल्ला जोड्ने सडक अवरुद्ध


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– केही दिनदेखि परेको वर्षाका कारण पहिरो जाँदा दुई जिल्ला जोड्ने सडक अवरुद्ध भएको छ । निरन्तरको झरीका कारण ठाउँ–ठाउँमा पहिरो गएपछि तनहुँ र स्याङ्जा जोड्ने सडक अवरुद्ध भएको हो । तनहुँको शुक्लागण्डकी दुलेगौँडा ढोरबाराही मोटर मार्गको जुडीफाँट–चिसापानी सडकखण्डको एक दर्जन ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा स्थानीयवासी मर्कामा परेका छन् ।

पहिरोले सडक अवरुद्ध भएपछि चिसापानी आसपासबाट चल्ने सवारी भानुमति उक्लेर भिमाद हुँदै यात्रा गर्न बाध्य भएको हरिनास गाउँपालिकाका उपाध्यक्ष झनमाया पराजुलीले बताए। “सडक अवरुद्ध हुँदा दुई जिल्लाको जनजीवन प्रभावित भएको छ, निर्माण हुँदै गरेको सडकको धेरै ठाउँमा पहिरा खसेको छ”, उनले भने ।

गत असारको सुरुमै यो सडकखण्डमा दर्जनभन्दा बढी स्थानमा पहिरो गएको थियो । झण्डै एक हप्तापछि पहिरा हटाएर सडकमा सवारी चल्न मिल्ने बनाइएको थियो । अहिले लगातार परेको अविरल वर्षाले सडक अवरुद्ध भएको पराजुलीले जानकारी दिए।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० जुडीफाँटदेखि स्याङ्जाको हरिनास गाउँपालिकाको केन्द्र चित्रेभञ्ज्याङ जोड्ने यो सडक कालोपत्रेका लागि स्तरोन्नतिको काम भइरहेको छ । प्रदेश सरकारको लगानीमा क्याङ्दी खोलामा ४० मिटर लामो पक्की पुल र १६ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । रु ३२ करोड ६५ लाख ४७ हजार १४९ मा पुल र सडकको काम गोल्डेनगुड बानियाँ जेभीले गरिरहेको छ ।

पटक–पटक पहिरोले सडकमा क्षति पुग्दा निर्माण कम्पनीले करोडौँको नोक्सानी बेहोर्नुपरेको छ । असारमा मात्रै निर्माण कम्पनीले रु एक करोडको क्षति भोगेको आयोजनाका व्यवस्थापक सन्तोष खड्काले जानकारी दिए ।

अहिले सडकमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो झरेर बाटो पुरिएको छ । उनका अनुसार चार ठाउँमा ग्याबिन जाली र चार किलोमिटर ग्राभेल बगाएको छ । “यसपालि पनि कम्पनीलाई रु एक करोडको हाराहारीमा क्षति भएको छ, क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ”, उनले भने, “विवरण सङ्कलन सकेपछि छिट्टै सडक खुलाएर सवारी चल्न मिल्ने बनाउँछौ ।” रासस

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ६ : ४५ बजे

दाङमा विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध

दाङ–  विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध गरिएको

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

काठमाडौं– सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन

राजेन्द्र राईको अभिव्यक्तिले अवरुद्ध संसद् सुचारु

काठमाडौं– प्रतिनिधिसभाको केहीबेरका लागि स्थगित भएको बैठक सुरु भएको छ । 

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

एजेन्सी– स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त