भद्रपुरमा महाकवि देवकोटाको सालिक तोडफोड « Khabarhub

भद्रपुरमा महाकवि देवकोटाको सालिक तोडफोड


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले बताए ।

सालिकको शिर छेदन गरी भुइँमा लडाइएको अवस्थामा आज बिहान भेटिएको उनले जानकारी दिए । भद्रपुर नगरपालिका–९ स्थित प्रकाशपुरमा २०५१ सालमा स्थानीय साहित्यप्रेमीहरूले सालिक स्थापना गरेका थिए । पूर्वपश्चिम राजमार्गको चारआलीबाट झापा सदरमुकाम चन्द्रगढी जोड्ने मेची सहायक राजमार्गको बीचमा सालिक रहेको थियो ।

सालिक तोडफोड घटनाप्रति देवकोटा स्मारक संरक्षण समितिले खेद व्यक्त गरेको र दोषी पत्ता लगाएर कडा कानुनी कारबाही गरिदिन प्रहरीमा अनुरोध गरिएको बरालले बताए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जनाउँदै जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले तोडफोड गर्नेहरूको खोजतलास भइरहेको बताए । “सालिक भएको स्थान वरपरका बासिन्दासँग सोधपुछ गरिरहेका छौँ,” थापाले भने, “पहिले पनि तोडफोडको प्रयास भएको भन्ने सुनेका छौँ, समितिका पदाधिकारीहरूबाट पनि जानकारी लिइरहेका छौँ ।”

सालिक तोडफोड भएकामा साहित्यकारहरूले विरोध प्रकट गर्नुभएको छ । साहित्यकार पुण्यप्रसाद खरेलले तोडफोड निन्दनीय कार्य भएको जनाउँदै राष्ट्रिय विभूतिको सालिकमाथिको आक्रमणमा संलग्नमाथि कडा कारबाहीको माग गरे ।  केही वर्षअघि पूर्वीद्वार काँकडभिट्टामा पनि यसरी नै देवकोटाको सालिक तोडफोड हुने गरेको स्मरण गराउँदै साहित्यकार खरेलले अपराधीको खोजी गरेर दण्डित गर्न माग गरे ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ९ : ५९ बजे

महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक भोलि बस्ने, समानुपातिक सूचीलाई अन्तिम रुप दिइने

काठमाडौं- नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय

गगन थापा र सुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : झगडा गरेर कहिलेसम्म टिक्ने ?

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य तथा पूर्वमन्त्री सुदन

बालुवाटारमा प्रधानमन्त्री कार्की र तीन दलका नेताबीच छलफल जारी (तस्बिरहरु)

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच

जेन-जी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा– जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने