महिनावारीमा भुलेर पनि नगर्नुहोस् यी ७ काम « Khabarhub

महिनावारीमा भुलेर पनि नगर्नुहोस् यी ७ काम


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

हरेक महिना महिलालाई महिनावारी हुन्छ । यो एक प्राकृतिक प्रक्रिया हो । तर, महिनावारी भएको बेला केही सावधानी नअपनाएमा भने स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । यो बेला यस्ता केही बानी वा काम छन् जो गर्नु हुदैँन ।

१. फास्ट फूड खानु

महिनावारीका बेला स्यान्डविच, बर्गर, पिज्जा वा चिप्सजस्ता फास्ट फूड खानु हुदैँन । यस्तो खाँदा शरीरलाई आवश्यक भिटामिन र मिनरल्स पाइँदैन र शरीर कमजोर हुन थाल्दछ ।

२. पर्याप्त नसुत्नु

महिनावारीको क्रममा कम्तीमा पनि ८ घण्टा सुत्नु पर्दछ । अन्यथा पर्याप्त निन्द्रा पुगेन भने शरीरले आराम पाउँदैन । यस्तोमा टाउको दुख्ने र शरीर दुख्ने लगायतका समस्या हुन्छ ।

३. व्रत बस्नु

महिनावारीका बेला शरीरलाई भिटामिन र मिनरल्सको आवश्यकता पर्दछ । त्यसैले यो बेला व्रत बस्दा शरीरले पोषण पर्याप्त पाउँदैनन् । यस्तोमा विभिन्न स्वास्थ्य समस्या हुनसक्छ ।

४. शारीरिक सम्बन्ध

कतिपय महिनावारीका बेला शारीरिक सम्बन्ध राख्दा केही नहुने तर्क गर्छन् । तर यो बेला शारीरिक सम्बन्ध राख्दा संक्रमणको खतरा बढ्ने गर्दछ । साथै पीडा पनि बढ्न सक्छ ।

५. अत्यधिक व्यायाम

महिनावारीको क्रममा अत्यधिक व्यायाम गर्दा शरीरमा रक्तसंचार बढ्ने गर्दछ । यस्तोमा पेट दुखाई र अत्यधिक रक्तश्राव पनि हुन सक्छ । तर व्यायाम नगर्ने भन्ने चाहिँ होइन ।

६. सरसफाईमा ध्यान नदिने

महिनावारीको क्रममा शरीरलाई सफा नराख्दा थुप्रै स्वास्थ्य समस्या हुनसक्छ । त्यसैले प्याड, कपडा वा अन्य सामाग्री नियमित निर्मलीकरण वा सफा गरेर मात्र लगाउनु पर्दछ ।

७. अन्य कुरा

महिनावारी हुँदा गुप्ताङ्गलाई धुन रासायनिक उत्पादनको प्रयोग गर्नु हुदैँन । यसले पीडा र संक्रमण बढ्ने खतरा निम्तिन सक्छ । यस अलावा महिनावारीका बेला धेरै मात्रामा कफी पिउँदा शरीरमा पानीको मात्रा कम हुन्छ । साथै पेट दुखाईको समस्या बढाउन सक्छ ।- एजेन्सीको सहयोगमा

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ५ : ४४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्