च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडको जित, रोनाल्डोले बनाए कीर्तिमान « Khabarhub

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडको जित, रोनाल्डोले बनाए कीर्तिमान


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पुनरागमन जित निकालेको छ ।

युनाइटेडले बुधबार च्याम्पियन्स लिगको समूह चरणमा जित हासिल गरेको हो ।

भिल्लारियलविरुद्धको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै युनाइटेडले २–१ को पुनरागमन जित निकालेको हो ।

युनाइटेडको जितमा एलेक्स टेलेस र क्रिष्टियानो रोनाल्डोले गोल गरे । भिल्लारियलका लागि पाको अल्कासरले गोल गरे ।

रोनाल्डोको कीर्तिमान

फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा कीर्तिमान बनाएका छन् ।

पोर्चुगिज फरवार्ड रोनाल्डोले सर्वाधिक धेरै च्याम्पियन्स लिग खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

भिल्लाविरुद्धको खेल रोनाल्डोका लागि १ सय ७८औँ च्याम्पियन्स लिग खेल हो । रोनाल्डोले इकर क्यासिलासको कीर्तिमान तोडेका हुन् ।

रियल मड्रिडका पूर्वगोलकिपर इकरले १ सय ७७औँ च्याम्पियन्स लिग खेलेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ७ : ०१ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले