पूरानै लयमा फर्किदै कतार,  केही स्थानमा मास्क लगाउन नपर्ने « Khabarhub

पूरानै लयमा फर्किदै कतार,  केही स्थानमा मास्क लगाउन नपर्ने



दोहा- नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य कतारमा कोरोना महामारी दिन प्रतिदिन कम हुँदै गएको छ । योसँगै संक्रमण नियन्त्रणका लागि गरिएको प्रतिवन्ध खुकुलो पारिने भएको छ ।

कतारको मन्त्रिपरिषद बैठकले कोरोना महामारी नियन्त्रणका लागि गरिएका प्रतिबन्ध क्रमिक रुपमा खुकुलो पार्दै लाने निर्णय गरेको छ।

प्रधानमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल-थानीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले  अक्टोबर ३ तारिखदेखि हुने सार्वजनिक कार्यक्रम, मार्केट, समारोह, मस्जिद, विद्यालय, अस्पताललगायत सार्वजनिक स्थानहरु बाहेक अन्य स्थानमा मास्क अनिवार्य नपर्ने निर्णय गरेको छ ।

सरकारी र निजी क्षेत्रका कर्मचारीहरु पूर्ण क्षमतामा आफ्नो कार्यस्थलमा फर्कन पाउने पनि निर्णय गरिएको छ । यस्तै खोप नलगाएका कर्मचारी र कामदारहरुको र्‍यापिड परीक्षण गरिने भएको छ ।

५० वर्षभन्दा माथिकालाई बुस्टर डोज

कतारले ५० बर्षभन्दा माथिका नागरिकलाई बुस्टर डोज खोप लगाउने भएको छ । आठ महिनाभन्दा पहिले खोप (भ्याक्सिन)को दोस्रो डोज लगाएका ५० वर्षभन्दा माथि उमेर समूहका सबै व्यक्तिहरुलाई बुस्टर डोज खोप लगाउन थालिने कतारको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

यहाँको प्राथमिक स्वास्थ्य सेवा कर्पोरेशनले योग्य व्यक्तिहरूलाई सीधै अपोइन्टमेन्ट सेट गर्न सम्पर्क गरिरहेको र स्वाथ्य मन्त्रालयले पनि उनीहरूलाई कोभिड–१९ विरूद्ध सुरक्षित रहन सुनिश्चित गर्न ढिलाइ नगरी बुस्टर डोज खोप लिन आग्रह गरेको जनाएको छ ।

कतारले यस प्रारम्भिक चरणमा ६५ वर्षभन्दा माथिका व्यक्तिहरू, दीर्घकालीन अवस्था भएका व्यक्तिहरु र गम्भीर संक्रमणको जोखिम रहेका व्यक्तिहरुलाई बुस्टर डोज खोप लगाइरहेको छ ।

अहिलेसम्म कतारमा ४७ लाख ८ हजार ८६७  डोज खोप वितरण गरिसकिएको मन्त्रालयले जनाएको छ । कतारले आफ्ना नागरिकसहित अन्य आप्रवासी श्रमिकहरुलाई पनि नि:शुल्क रुपमा खोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  १० : ३० बजे

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको