शेयर बजारमा ३२ अंकको गिरावट « Khabarhub

शेयर बजारमा ३२ अंकको गिरावट


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजारमा गिरावट आएको छ । यो साता बुधबारमात्र शेयर बजार उकालो लागेको थियो ।

बिहीबार बजार मापक परिसूचक नेप्से ३२.५१ अंकले घटेर २६३३.४२ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ६.४१ अंकले घटेर ४९७.०५ को बिन्दुमा झरेको छ ।

बिहीबार १ बजेसम्म हरियाली देखिएको बजार त्यसपछि भने घटेर राताम्य भएको थियो ।

यसदिन १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूहमा मात्र हरियाली आएको छ । ट्रेडिङ, अन्य र म्युचुअल फण्डमामात्र वृद्धि हुँदा अन्य १० वटा उपसमूहमा गिरावट आएको हो ।

यसदिन २२५ कम्पनीका ७३,२१,०१४ कित्ता शेयर किनबेच हुँदा ३,७०,००,२९,५०७ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ३ : ०८ बजे

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको