क्लब भलिबल च्याम्पियनसिपमा पुलिस सेमिफाइनलमा प्रवेश « Khabarhub

क्लब भलिबल च्याम्पियनसिपमा पुलिस सेमिफाइनलमा प्रवेश


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पुलिस क्लब छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो । राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको पुलिसले ढोरपाटनमाथि २५–१९,२५–१८ र २५–१९ को सेटमा जित निकाल्यो ।

यस जितसँगै पुलिस सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । यस अघि साविक विजेता हेल्प नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

बिहीबार भारतीय खेलाडीसहित कोर्ट उत्रिएको हेल्पले नयाँ बजार सामाजिक युवा क्लबमाथि २५–२०,२५–१० र २५–१७ को सेटमा जित निकाल्यो ।

त्यस्तै बिहीबार नै भएको महिला तर्फको खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्यो । न्यु डायमन्डले आर्मीलाई २७–२५, २५–२२ र २५–२० को सेटमा पराजित गर्यो ।

त्यस्तै त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार अर्को विभागीय टिम नेपाल पुलिस क्लब लाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ महिला टिम समूह विजेता बनेको छ ।

प्रतिस्पर्धात्मक खेलमा एपीएफले पुलिसमाथि २५–१४,२१–२५,२५–१८ र २५–१९ को सेटमा जित निकाल्यो । नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  १० : ०१ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका