डब्लुएचओले कोभिडको जानकारी अब नेपाली भाषामा पनि उपलब्ध गराउने « Khabarhub

डब्लुएचओले कोभिडको जानकारी अब नेपाली भाषामा पनि उपलब्ध गराउने


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोभिड–१९ सम्बन्धी जानकारी अब नेपाली भाषामा उपलब्ध गराउने भएको छ ।

डब्लुएचओले पाँचमा विज्ञान (‘साइन्स इनफाइभ’) कार्यक्रममार्फत पोडकाष्टबाट कोभिड–१९ सम्बन्धी जानकारी गराउने भएको हो । भोलिदेखि प्रत्येक शुक्रबार दृश्य र श्रव्यमा दुवैमा कोभिड–१९ को जानकारी गराउने छ ।

कोभिड–१९ सम्बन्धी अफवाह र गलत समाचार फैलिन थालेपछि डब्लुएचओले इन्टरनेट प्रयोगकर्तालाई लक्षित गरी यो पोडकाष्ट थालेको हो । यसले अफवाहलाई चिर्न र सत्य सूचनामा मात्रै विश्वास गर्न सहयोग मिल्ने बताइएको छ ।

पोडकाष्टका नयाँ अङ्क प्रत्येक शुक्रबार साउण्ड क्लाउडमा पाँचमा विज्ञान च्यानलमार्फत प्रसारण गरिनेछन् । भोलिदेखि प्रसारण गरिने पोडकाष्टको पहिलो अङ्कमा डब्लुएचओकी मातृ तथा नवजात शिशु स्वास्थ्य विज्ञ डा ओज्गे टुनचाल्पले कोभिड–१९ महामारीका समयमा गर्भवती तथा गर्भाधारणको योजनामा रहेका महिलाले ध्यान दिनुपर्ने विषयमा छलफल गर्नेछिन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ९ : १५ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका