प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता « Khabarhub

प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकाका राजदूत र्‍याण्डि बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत बेरीले जङ्गी अड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् ।

उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

यसैबीच आजै प्रधानसेनापति शर्मासँग संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीले पनि भेटवार्ता गरेकी छिन् । राष्ट्रसंघीय आवासीय प्रतिनिधि न्यान्तीले आज जङ्गी अड्डामा पुगेर शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

भेटवार्तामा उनीहरुबीच संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागिता लगायत अन्य द्विपक्षीय महत्वको विषयहरुमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।

तस्वीर- नेपाली सेना

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ९ : ०१ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन