प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता « Khabarhub

प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकाका राजदूत र्‍याण्डि बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत बेरीले जङ्गी अड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् ।

उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

यसैबीच आजै प्रधानसेनापति शर्मासँग संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीले पनि भेटवार्ता गरेकी छिन् । राष्ट्रसंघीय आवासीय प्रतिनिधि न्यान्तीले आज जङ्गी अड्डामा पुगेर शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

भेटवार्तामा उनीहरुबीच संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागिता लगायत अन्य द्विपक्षीय महत्वको विषयहरुमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।

तस्वीर- नेपाली सेना

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ९ : ०१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने