भक्तपुरका पाला : माग घटे पनि पुर्ख्यौली पेसाको मोह उस्तै « Khabarhub

भक्तपुरका पाला : माग घटे पनि पुर्ख्यौली पेसाको मोह उस्तै


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान चाड तिहार नजिकिएको छ । तिहारको झिलिमिलि सुरु भएसँगै प्राचीन मन्दिर र कलाको शहर भनेर चिनिने भक्तपुरमा परम्परागत पाला बनाउने व्यवसायीहरूको व्यस्तता पनि बढेको छ ।

भक्तपुरका कुमाल समुदायले पाला बनाउने पुर्ख्यौली पेशा समाल्दै आएका छन् । लामो समयदेखि परम्परा धान्दै आएका उनीहरू यति बेला तिहारका लागि पाला बनाउन व्यस्त छन् ।

तिहार लक्ष्मीपूजा र भाइटीकासँगै फूल र प्रकाशको पर्व मानिन्छ । तिहारमा बालिने परम्परागत दियोको स्थान विद्युतीय दियोले लिन थालेको छ । यसँगै पालाको माग कम हुँदै गएको छ तर ठप्प भएको छैन । शहरी बासिन्दाहरू अझै पनि लक्ष्मीपूजाको साँझ थोरै भए पनि माटाको पालामा बत्ती बाल्न चाहन्छन् ।

पाला माटोले बनेको दियो हो । यसमा तोरीको वा यस्तै वानस्पतिक तेल राखेर कपासबाट बनाइएको बाती बाल्ने चलन छ ।

माटोको पाला शुद्धताको प्रतीक मानिन्छ । संस्कृतविद् हरिप्रसाद सोडारीका अनुसार शुभलाभ र साधनाको अपेक्षामा पालामा बत्ती बाल्ने गरिएको हो । तिहारमा पालाको चलन बढी हुने गरेको छ ।

कुनै समयका सफल खेलाडी विनोदकुमार प्रजापतिको आजकालको दिनचर्या काँचो माटोलाई विभिन्न भाँडाको आकार दिनमा बित्ने गरेको छ । उनी केही दिनदेखि पाला बनाउनमा व्यस्त छन् । पुर्ख्यौली पेसाको मोह र पुर्खाको सम्मानका लागि आफूले माटाको काम सम्हालेको उनको भनाइ छ ।

आधुनिकतासँगै गिलो माटोलाई भाँडाको आकार दिने चक्रले पनि आधुनिक गति पाएको छ । हातले चक्र घुमाउने नभई विद्युतीय चक्र प्रयोग हुने गरेको छ । यसो भए पनि माटाका परम्परागत भाँडाको ठाउँ स्टिल र प्लास्टिकका आधुनिक भाडाले लिएको छ ।

आफ्नो पुर्ख्यौली पेसा क्रमशः लोप हुँदै जाने चिन्ता छ विनोदलाई । शहरीकरण बढ्दै जाँदा भाँडा बनाउने गुणस्तरीय माटो पनि अभाव हुन थालेको विनोदको भनाइ छ ।

विनोदले यसरी माटाका भाँडा बनाउन थालेको १७ वर्ष भयो । एक महिनायता उनको परिवार तिहारका लागि पाला बनाउँदै छ । विनोदका अनुसार पुर्ख्यौली पेसा जीवित राख्न उनले काम सम्हालेका हुन् । केही व्यवसायीले युवाहरूलाई माटाको भाँडो बनाउने सिप निःशुल्क सिकाउने गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १२ : २५ बजे

वन संरक्षणलाई आयआर्जनमुखी बनाउन आग्रह

रसुवा– जिल्लामा सामुदायिक वन व्यवस्थापनलाई थप सुदृढ बनाउँदै स्थानीय समुदायको

लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन

सिरहा– यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा वडा

बढ्दै औलोको सङ्क्रमण

चितवन- चितवन जिल्लाका अस्पतालहरूमा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक

कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु

मुस्ताङ– कालिगण्डकी नदीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ

सुदूरपश्चिममा औलो सङ्क्रमण : निवारणको लक्ष्यप्राप्ति चुनौतीपूर्ण

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा औलोको ग्राफ पुनः बढ्न थालेको छ ।