नेपाली महिला र पुरुष भलिबल टोलीले एभिसी सेन्ट्रल जोन खेल्ने « Khabarhub

नेपाली महिला र पुरुष भलिबल टोलीले एभिसी सेन्ट्रल जोन खेल्ने


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीले एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा खेल्ने भएको छ । नेपाल भलिबल संघ (एनभिए) का अनुसार प्रतियोगिता ६ पुसदेखि १४ सम्म बंगलादेशमा हुनेछ ।

नेपालले फिलिपिन्समा हुने भनिएको महिला एसियन भलिबल च्याम्पियनसिपको लागि तयारी थालेको थियो । तर, अन्तिम समयमा एभीसीले कोरोना कारण देखाउँदै नेपाललाई सहभागिता जनाउन नदिने भनेपछि नेपालको तयारी रोकिएको थियो । कोरोनाकै कारण प्रतियोगिता रद्द भएको थियो ।

संघले आयोजकलाई धन्यवाद दिँदै अब नेपालले चाँडै प्रतियोगिताको तयारी थाल्ने पनि बताएको छ । गत महिना मात्रै संघले महिला तथा पुरुष एनभिए च्याम्पियनसिप आयोजना गरेको थियो ।

नेपालले सन् २०१९ मा बंगलादेशमै भएको महिला सेन्ट्रल जोनको उपाधि जितेको थियो । पुरुषतर्फ भने सन् २०१८ मा नेपाल घरेलु कोर्ट (आर्मी कोट, लगनखेल) मा समूह चरणबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ८ : २९ बजे

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन