अभिनेता यूसुफ हुसेनको निधन « Khabarhub

अभिनेता यूसुफ हुसेनको निधन


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड र भारतीय टेलिफिल्मका दिग्गज अभिनेता यूसुफ हुसेनको काेराेना संक्रमणका कारण निधन भएको छ । उनी ७३ वर्षका थिए । उनकाे मुम्बईस्थित लीलावती अस्पतालमा निधन भएकाे हाे ।

फिल्म निर्माता तथा उनका ज्वाइँ हंसल मेहताले यूसुफको निधनको पुष्टि गरेका छन् । हंसलले सामाजिक सञ्जालमा पोष्ट शेयर गर्दै उनको निधनको जानकारी दिएका हुन् । उनको जानकारीसँग बलिउडका कैयौं कलाकारले उनको निधनमा शोक व्यक्त गरेका छन् ।

हंसलले सामाजिक सञ्जालमा यूसुफको तस्वीर शेयर गरेका छन् । ‘मैले शाहिदको दुई सेड्युल पुरा गरेको थिएँ र म फसें । म समस्यामा थिएँ । एक फिल्ममेकरका रुपमा मेरो करियर समाप्त हुँदैन थियो । त्यही बेला उनी मेरो अगाडि आए र आफूसँग फिक्सड डिपोजिट रहेको जानकारी दिए । उनले ‘यदि तिमी यति नै समस्यामा छौ भने त्यसको केही काम छैन’ भनेर उनले चेक बनाए र शाहिद पुरा भयो । यस्ता थिए युसुफ हुसैन । एक ससुरामात्र नभई एक पिता । यदि जीवन हुन्छ भने उनको रुपमा रहोस्’, हंसलले लेखेका छन् ।

उनले स्वर्गमा रहेका सबै युवतीका लागि उनी विश्वकै सुन्दर युवती र युवकका लागि हँसिला जवान रहेको उल्लेख गरेका छन् । हंसलले युसुफकी छोरी सफीनासँग विवाह गरेका छन् । युसुफले ‘विवाह’, ‘धुम २’, ‘दिल चाहता है’, ‘रईस’, ‘राज’, ‘हजारौं ख्वाइसे ऐसी’, ‘ओ माइ गड’, ‘कृष ३’, ‘दबंग ३’ जस्ता कैयौं फिल्ममा अभिनय गरेका छन् ।

टेलिभिजन सिरियलमा उनले ‘मुल्ला नसरुद्दीन’, ‘कुमकुमः एक प्यारा सा बन्धन’, ‘शश…कोही है’, ‘सीआइडी’, ‘तुम बिन जाऊँ कहाँ’ मा अभिनय गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १० : ३६ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय