अभिनेता यूसुफ हुसेनको निधन | Khabarhub Khabarhub

अभिनेता यूसुफ हुसेनको निधन


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड र भारतीय टेलिफिल्मका दिग्गज अभिनेता यूसुफ हुसेनको काेराेना संक्रमणका कारण निधन भएको छ । उनी ७३ वर्षका थिए । उनकाे मुम्बईस्थित लीलावती अस्पतालमा निधन भएकाे हाे ।

फिल्म निर्माता तथा उनका ज्वाइँ हंसल मेहताले यूसुफको निधनको पुष्टि गरेका छन् । हंसलले सामाजिक सञ्जालमा पोष्ट शेयर गर्दै उनको निधनको जानकारी दिएका हुन् । उनको जानकारीसँग बलिउडका कैयौं कलाकारले उनको निधनमा शोक व्यक्त गरेका छन् ।

हंसलले सामाजिक सञ्जालमा यूसुफको तस्वीर शेयर गरेका छन् । ‘मैले शाहिदको दुई सेड्युल पुरा गरेको थिएँ र म फसें । म समस्यामा थिएँ । एक फिल्ममेकरका रुपमा मेरो करियर समाप्त हुँदैन थियो । त्यही बेला उनी मेरो अगाडि आए र आफूसँग फिक्सड डिपोजिट रहेको जानकारी दिए । उनले ‘यदि तिमी यति नै समस्यामा छौ भने त्यसको केही काम छैन’ भनेर उनले चेक बनाए र शाहिद पुरा भयो । यस्ता थिए युसुफ हुसैन । एक ससुरामात्र नभई एक पिता । यदि जीवन हुन्छ भने उनको रुपमा रहोस्’, हंसलले लेखेका छन् ।

उनले स्वर्गमा रहेका सबै युवतीका लागि उनी विश्वकै सुन्दर युवती र युवकका लागि हँसिला जवान रहेको उल्लेख गरेका छन् । हंसलले युसुफकी छोरी सफीनासँग विवाह गरेका छन् । युसुफले ‘विवाह’, ‘धुम २’, ‘दिल चाहता है’, ‘रईस’, ‘राज’, ‘हजारौं ख्वाइसे ऐसी’, ‘ओ माइ गड’, ‘कृष ३’, ‘दबंग ३’ जस्ता कैयौं फिल्ममा अभिनय गरेका छन् ।

टेलिभिजन सिरियलमा उनले ‘मुल्ला नसरुद्दीन’, ‘कुमकुमः एक प्यारा सा बन्धन’, ‘शश…कोही है’, ‘सीआइडी’, ‘तुम बिन जाऊँ कहाँ’ मा अभिनय गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १० : ३६ बजे

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर

कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार

झापा- झापाको दमकमा एकजना विद्यार्थीलाई गोली हानिएको छ। शुक्रबार स्थानीय