श्रीदेवीको फिल्म हेर्दा जेल सजाय | Khabarhub Khabarhub

श्रीदेवीको फिल्म हेर्दा जेल सजाय


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउडकी पहिलो महिला सुपरस्टार अभिनेत्री श्रीदेवी आज हामीमाझ छैनन् । तर अभिनेत्रीले आफ्नो दमदार अभिनयका कारण जोकोही दर्शकको मनमा बस्न सफल छिन् । श्रीदेवीले बलिउडमा फिल्म ‘सोलहवाँ सावन’बाट डेब्यू गरेकी थिइन् । यो फिल्म पूर्ण रुपमा फ्लप रह्यो । तर यो फिल्मपछि उनले एकसे एक हिट फिल्म दिइन् ।

श्रीदेवीले आफ्नो करियरको सुरुवाती दिनमा पाकिस्तानमा जबरदस्त फ्यान फलोइङ कमाएकी थिइन् । यही कारण पाकिस्तानमा पनि श्रीदेवीको हरेक नयाँ फिल्मको प्रतिक्षा हुन्थ्यो । तर पाकिस्तानमा मानिसहरु श्रीदेवीको फिल्म लुकीलुकी हेर्थे । किनकी राष्ट्रपति जनरल जिया–उल–हकको शासन कालमा पाकिस्तानमा भारतको फिल्म हेर्नु ‘अपराध’ मानिन्थ्यो । यहीकारण यदी कोही व्यक्ति पाकिस्तानमा भारतीय फिल्म हेरिरहेको अवस्थामा पक्राउ परे भने उसलाई सजाय नै दिइन्थ्यो ।

बीबीसीका पाकिस्तानका पूर्व संवाददाता रहेका वुसअतुल्लाह खानले आफ्नो रिपोर्टमा यो कुराको खुलासा गरेका छन् । ‘म कराँची विश्वविद्यालयमा पढिरहँदा एक वर्षपछि विश्वविद्यालयको होस्टलमा एउटा कोठा पाएँ । जहाँ मैले श्रीदेवीको पोस्टर लुकाएर राखेको थिएँ । पाकिस्तानमा भारतीय फिल्म हेर्नु गैर कानूनी मानिन्थ्यो र हेरिरहेको अवस्थामा पक्राउ परे तीनदेखि ६ महिनाको जेल सजाय हुन्थ्यो’, उनले रिपोर्टमा उल्लेख गरेका छन् ।

सरकारले सजाय दिए पनि युवाहरु फिल्म हेर्न छोड्दैन थिए । उनीहरु जेजस्तो उपाय अपनाएर भए पनि श्रीदेवीको फिल्म हेर्थे । वुसअतुल्लाहका अनुसार उनीहरु साथीसँग मिलेर पैसा जम्मा गर्थे र भाडामा भीसीआर लिन्थे । जहाँ उनीहरु एकसाथ ६ फिल्म हेर्थे । जसमा तीन फिल्म अनिवार्य रुपमा श्रीदेवीको हुन्थ्यो ।

‘यो त्यो समय थियो, जुन समयमा श्रीदेवीको ‘नगीना’, ‘चाँदनी’, ‘आखिरी रास्ता’, र ‘मिस्टर इण्डिया’ जस्ता फिल्म हिट भएको थियो । हामीहरु होस्टलको हलको सबै ढोका र झ्यालहरु खुलै राख्थ्यौंं । जसकारण फिल्म हेरेको आवाज प्रहरी चौकीसम्म पुगोस् । हामी यसरी आफ्नो विरोध जनाउथ्यौं’, उनले भनेका छन् ।

एक कार्यक्रममा सहभागी हुन दुबई जाँदा श्रीदेवीको होटलको एक बाथटबमा डुबेर निधन भएको थियो । उनको फिल्मको पछाडि फिल्म ‘हिम्मतवाला’को ठूलो हात थियो । यो फिल्मले श्रीदेवीलाई घर–घरमा चर्चित बनाएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १० : ५३ बजे

शिक्षा विधेयकमा आपत्ति जनाउदै संयुक्त विद्यार्थी संगठनले बुझायो कार्यवाहक प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं– विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै संयुक्त

लेखन, निर्देशन र नृत्यमा अब्बल गम्भीर विष्ट 

काठमाडौं – गम्भीर विष्ट नेपाली चलचित्र, नृत्य र म्युजिक भिडियोको

फोहर व्यवस्थापनमा स्थानीय तहको सहकार्य आवश्यक

गण्डकी– फोहरको उचित व्यवस्थापनमार्फत आयआर्जनका गतिविधि एवं रोजगारी सृजना गर्न

रुख कटान आदेश नहुँदा प्रसारण लाइन निर्माणमा ढिलाइ

म्याग्दी– डिभिजन वन कार्यालय म्याग्दीले रुख कटान आदेश नदिँदा डाँडाखेत–राहुघाट

वर्षाले १३ स्थानमा सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षासँगै आएको बाढीपहिराका कारण देशका १३ स्थानमा सडक