चुनावपछि एमालेको हालत नोकियाजस्तै हुन्छ : मेटमणी चौधरी « Khabarhub

चुनावपछि एमालेको हालत नोकियाजस्तै हुन्छ : मेटमणी चौधरी


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य मेटमणी चौधरीले आगामी निर्वाचनपछि एमालेको हालत नोकियाजस्तै हुने बताएका छन् ।

शंखरापुरमा पार्टीको नगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले भने, ‘चुनावपछि एमालेको हालत नोकियाको जस्तै हुन्छ । एक समय राम्रो ब्राण्ड भ्यालु भएको नोकिया अहिले काम लाग्दैन । मान्छेले किन्दैनन् । त्यसैगरी एमालेलाई पनि अब जनताले पत्याउँदैनन् ।’

केपी ओलीले फेरि चुनाव जित्छ भन्नु बेकारको कुरा भएको उनको भनाइ थियो । ‘ओलीको पार्टीले फेरि जनतासँग भोट माग्ने नैतिकता छैन । ओली जत्तिको अक्षम व्यक्ति कोही छैन । के अब फेरि ओलीलाई भोट दिने रु किन संसद विघटन गर्न ?’ उनले प्रश्न गरे ।

चौधरीले चुनावबाट समाजवादी देशको पहिलो र शक्तिशाली पार्टी बन्ने दाबी गरे । ‘देशलाई संचालन गर्न सक्ने पार्टी बन्छ । समाजवादीको भविष्य छैन भन्नेलाई जवाफ दिएका छौँ। दुई महिनाको अवधिमा ७५३ स्थानीय तहका वडामा पार्टी स्थापित भएको छ,’ उनले भने ।

नयाँ पार्टीले जनमत पाउँदैन भन्ने कुरालाई २०६४ सालको चुनावले गलत ठहर्‍याइसकेको भन्दै उनले थपे, ‘पुरानो पार्टीले मात्रै चुनाव जित्छ भन्नु बेकार हो । त्यो हो भने कांग्रेसले किन पटकपटक चुनाव हारेको छ ?’ उनले प्रश्न गरे ।

चौधरीले पार्टी विभाजन गरेर कम्युनिस्ट आन्दोलन बचाएको तर्क गरे । ‘पार्टी विभाजन नगरेको भए कम्युनिस्ट आन्दोलन समाप्त हुन्थ्यो । हामीले संविधान बचाएका छौं । कम्युनिस्ट आन्दोलन सकिनुभन्दा विद्रोह सही छ । कानुनी राज्य स्थापना गर्ने काम गरेका छौं,’ उनले भने ।

समाजवादीले शंखरापुरमा श्याम वाइवाको अध्यक्षतामा १०१ सदस्यीय नगर कमिटी घोषणा गरेको छ । युवाको नगर कमिटी घोषणा पनि घोषणा गरेको छ । समाजवादीले ९ वटै वडामा संगठन विस्तार गरेको अध्यक्ष वाइवाले जानकारी दिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ७ : ३३ बजे

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले