वाक्सिङ गर्दा अनुहारमा आएका समस्या हटाउन यसो गर्नुहोस् « Khabarhub

वाक्सिङ गर्दा अनुहारमा आएका समस्या हटाउन यसो गर्नुहोस्


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अनुहार, हात, खुट्टामा आएको अनावश्यक रौंलाइ शरीरबाट निकाल्नुलाई वाक्सिङ गर्नु वा वाक्स गर्नु भनिन्छ । धेरै महिला शरीरका अनावश्यक रौँ हटाउन वाक्सिङ गर्दछन् । अहिले वाक्सिङ गर्नु सामान्य भइसको छ ।

अनुहारको छालालाई चिल्लो र मुलायम बनाउन युवती मात्र होइन पुरुष पनि अनुहारमा वाक्सको प्रयोग गर्दछन् । रौँ हटाउन अनुहारको छालाबाट वाक्सिङ स्ट्रिप तान्दा असाध्यै दुख्ने हुन्छ ।

वाक्सिङ गर्दा छालामा रातो दाग हुने, पोल्ने, चिलाउने, बिमिरा आउने लगायतको समस्या देखिन्छ । यस्तो समस्या भएमा केही घरेलु उपाय मार्फत यसलाई समाधान गर्न सकिन्छ ।

– चिसो पानीले धुने

वाक्सिङ गरिसकेपछि अनुहारलाई चिसो पानीले धुनु पर्दछ । धुँदा साबुन वा स्क्रबको प्रयोग भने गर्नु हुँदैन ।

– ऐलोवेरा जेल लगाउने

ऐलोवेरा जेल छालाको अन्य समस्या हटाउन पनि उपयोगी हुन्छ । यसले चिलाउने समस्या हटाउँछ । त्यसैले वाक्सिङपछि ऐलोवेरा जेल लगाउँदा उत्तम हुन्छ ।

– नरिवलको तेल

वाक्सिङपछि छालामा शुद्ध नरिवलको तेल लगाउँदा चिलाएको र पोलेकोमा राहत मिल्दछ ।

– घामबाट बच्ने

वाक्सिङ गरिसकेपछि तुरुन्तै घाममा निस्कनु हुँदैन । निस्कीनै पर्याे भने छाताको प्रयोग गर्ने । अन्यथा छालामा विभिन्न प्रकारको समस्या आउन सक्छ ।

– बरफको टुक्रा

वाक्सिङ गर्दा छाला रातो भए वा रगत आए तुरुन्त बर्फको टुक्राले त्यस भागमा हलुका मसाज गर्नु पर्दछ ।

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ६ : ०६ बजे

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो

टी–२० विश्वकपमा स्कटल्याण्डसँग इटाली ७३ रनको विशाल अन्तरले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार सम्पन्न खेलमा स्कटल्याण्डले इटालीलाई

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं– यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ