एक उपायले ३ घण्टामा जागिरे बनायो « Khabarhub

एक उपायले ३ घण्टामा जागिरे बनायो


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक बेरोजगार व्यक्तिलाई थाहा छ, बेरोजगारी कति दुःखदायी हुन्छ । जागिर पाउन बेरोजगार व्यक्ति अनेकौँ मेहनत गर्दछन् । तथापि सहजै रोजगारी हात लाग्दैन । यस्तोमा आफ्नो सोच र सपना अनुसारको जागिर सजिलै पाइए के होला ?

बेलायतको लन्डन निवासी २४ वर्षीय हैदर मलिक बेरोजगार थिए । उनले जागिरको खोजीमा धेरै समय खर्चे । जूम कल मार्फत कैयौँ अन्तर्वार्ता पनि दिए । तर भनेजस्तो जागिर पाएनन् । अन्ततः मलिकले जागिर पाउन एउटा उपाय निकाले । उनले एक बोर्डमा आफ्नो बायोडाटा बोकेर मेट्रो स्टेसन पुगे ।

उनको यो अनौठो उपायका कारण केवल ३ घण्टामा नै ती युवकले जागिर पाए । उनको यो उपायले उनलाई केवल जागिर मात्र दिलाएन उनी सामाजिक सञ्जालमा समेत भाइरल हुँदै विश्वभर चर्चित बने । अहिले ती युवकको प्रसङ्गले धेरैलाई प्रेरणा र हौसला मिलेको छ ।

७ बजे मेट्रो पुगेका मलिकलाई जागिरको अफरसहित धेरै फोन र म्यासेज आए । ९ बजेर ३० मिनेटमा उनले थप एक म्यासेज पाए । यो म्यासेज कैनरी व्हार्फ ग्रुपको ट्रेजरी एनालिस्टको पदका लागि थियो । उनी सो अफर स्विकार्दै अन्तर्वार्ता दिन पुगे र जागिर पाए ।

मलिकका अनुसार जागिर खोज्ने यो अनौठो उपाय उनलाई पिता महमूद मलिकबाट प्राप्त भएको थियो । उनका पिता सानैम पाकिस्तानबाट बेलायत आएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ६ : १३ बजे

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको