एक उपायले ३ घण्टामा जागिरे बनायो « Khabarhub

एक उपायले ३ घण्टामा जागिरे बनायो


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक बेरोजगार व्यक्तिलाई थाहा छ, बेरोजगारी कति दुःखदायी हुन्छ । जागिर पाउन बेरोजगार व्यक्ति अनेकौँ मेहनत गर्दछन् । तथापि सहजै रोजगारी हात लाग्दैन । यस्तोमा आफ्नो सोच र सपना अनुसारको जागिर सजिलै पाइए के होला ?

बेलायतको लन्डन निवासी २४ वर्षीय हैदर मलिक बेरोजगार थिए । उनले जागिरको खोजीमा धेरै समय खर्चे । जूम कल मार्फत कैयौँ अन्तर्वार्ता पनि दिए । तर भनेजस्तो जागिर पाएनन् । अन्ततः मलिकले जागिर पाउन एउटा उपाय निकाले । उनले एक बोर्डमा आफ्नो बायोडाटा बोकेर मेट्रो स्टेसन पुगे ।

उनको यो अनौठो उपायका कारण केवल ३ घण्टामा नै ती युवकले जागिर पाए । उनको यो उपायले उनलाई केवल जागिर मात्र दिलाएन उनी सामाजिक सञ्जालमा समेत भाइरल हुँदै विश्वभर चर्चित बने । अहिले ती युवकको प्रसङ्गले धेरैलाई प्रेरणा र हौसला मिलेको छ ।

७ बजे मेट्रो पुगेका मलिकलाई जागिरको अफरसहित धेरै फोन र म्यासेज आए । ९ बजेर ३० मिनेटमा उनले थप एक म्यासेज पाए । यो म्यासेज कैनरी व्हार्फ ग्रुपको ट्रेजरी एनालिस्टको पदका लागि थियो । उनी सो अफर स्विकार्दै अन्तर्वार्ता दिन पुगे र जागिर पाए ।

मलिकका अनुसार जागिर खोज्ने यो अनौठो उपाय उनलाई पिता महमूद मलिकबाट प्राप्त भएको थियो । उनका पिता सानैम पाकिस्तानबाट बेलायत आएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ६ : १३ बजे

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु